श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

अछाम, कात्तिक ३०- श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् । उर्मिलाका माइती पक्षले बुधबार शेरबहादुरको नाममा किटानी जाहेरी दिएकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक … Read more

पाकिस्तानका कप्तान बाबर आजमले दिए राजीनामा

काठमाडौ,कात्तिक २९- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले तीनवटै क्रिकेटको संरचनाको कप्तान पदबाट राजीनामा दिएका छन् । बाबरले बुधबार राष्ट्रिय क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् । आज, म सबै ढाँचामा पाकिस्तानको कप्तानबाट राजीनामा गर्दै छु। यो कठिन निर्णय हो । तर मलाई लाग्छ कि यो निर्णयको लागि सही समय हो । … Read more

यस्तो छ आज तपाईको राशिफल, कात्तिक ३० गते बिहीवार

कात्तिक ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा निराशा र शरीरमा आलस्य आउला । कार्यमा बाधा आउनसक्छ । … Read more

अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते

अछाम, कात्तिक ३०- अछाममा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१–००१ ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका टेम्पो चालक कमलबजार नगरपालिका–४ का दीपक बोहरा र वडा नं २ का जनक खड्काको उपचारका लागि … Read more

धनुषामा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधाम,कात्तिक २८- जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्टेसन नजिक रेलले किचिएर अन्दाजी ५० वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठ निवासी विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको वैदेही स्टेसनदेखि करिब ५ सय मिटर पूर्वमा … Read more

सामाजिक सद्भाव र पारिवारिक एकता बलियो बनाउन टिकटकमाथि प्रतिबन्धः प्रधानमन्त्री

काठमाडौं,कात्तिक २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । मंगलबार भक्तपुरमा नेपाल संवत् ११४४ र नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा विसंगति, विकृति, अराजकता फैलाउने र राज्यलाई जिम्मेवारीबाट अघि बढ्न रोक्ने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष … Read more

बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ

बारा, कार्तिक २३ गते । बारा जिल्लाको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ  परेका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट५ जना हतियारधारी समूहलाई सिम्रौनगढको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनाको साथबाट २ थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीनिरीक्षक रविभूषण यादवले बताउनु भयो । पक्राउँ पर्नेमा बारा सिम्रोनगढ नगरपालिका . वडा नं.११ भगवानपुर बस्ने बर्ष ४० को उपेन्द्र पटेल ,बर्ष २७ को धिरेन्द्र पटेल,बर्ष ६२ कोरुपलाल पटेल ,जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.२ बस्ने .बर्ष ४४ को राजमंगल पटेल र बर्ष ८० को सोभा राउत रहेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बिशेष सुचनाको आधारमा गएकोप्रहरीको टोलीले उपेन्द्र पटेलको घरबाट सो परिमाणको हातहतियार लुकाईपछपाई राखेको अवस्थामा बरामद गरेको थियो ।

यू–१९ एसिया कपः नेपालको पहिलो खेल पाकिस्तानसँग

काठमाडौं,कात्तिक २२- एसीसी पुरुष यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले मंसिर २२ गते पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र भारत छन् । नेपालले आफ्नो दोस्रो खेलमा मंसिर … Read more

आरतीलाई न्याय माग गर्दै आजापा अध्यक्ष प्रभु साह पनि धर्नामा

काठमाडौं, कार्तिक २२ गते आरती साहलाई न्याय दिन माग गर्दै काठमाडौंको माइतीघरमा उनको माइती पक्षले धर्ना जारी राखेको छ । बुधबारको धर्नामा आम जनता पार्टीका अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभु साह समेत सहभागी भएका छन् । आजपाले आन्दोलनरत साहको परिवारको आन्दोलनप्रति यस अघि नै ऐक्यबद्धता जनाएका थिए । आजपा … Read more

जीतपुरसिमरा १४ मा ५५० जना भूमिहीन, सुकुम्बासी र अव्यवस्थितलाई निस्सा वितरण

बारा, कार्तिक २१ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा ५५० जनालाई जग्गाको निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको हो । वषौ देखी भुमिहीन भएर बसोबास गर्दै आएका परिवारको पहिचान गरि जग्गाका निस्सा वितरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष चयन … Read more