धनुषामा रेलले किचेर एक जनाको मृत्यु

जनकपुरधाम,कात्तिक २८-

जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्टेसन नजिक रेलले किचिएर अन्दाजी ५० वर्षीय भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठ निवासी विन्देश्वर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाको वैदेही स्टेसनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर दासको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

सेयर गर्नुहोस्