गाउँपालिका उपाध्यक्षको गाडी दुर्घटनामा निधन

४ भदौ, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ … Read more

मोटरसाइकलको ठक्करबाट उछिट्टिएर जिपमा ठोक्किएकी स्कुटर चालकको मृत्यु

बुटवल:  बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए। दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका–११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको … Read more

राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता

काठमाडौं। अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन्। रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक हमला सुरु गरेका छन्। रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका तीन शक्तिशाली समितिको प्रतिवेदनमा बाइडेनमाथि उनका छोरा हन्टरको विदेशी व्यापार मामिलासँग जोडिएको भ्रष्टाचारको आरोप लगाइएको छ। न्यायिक समितिका प्रमुख जिम जोर्डनले छानबिनले … Read more

२०८१ साल भदौ ४ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य अघि बढ्नेछ । पारिवारिक सहयोग र सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सञ्चार … Read more

फिस्लिङ्गमा लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

चितवन ।फिस्लिङ्गमा लेदो सहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ६ बजे ३५ मिनेटमा ईच्छाकामना गा गाउंँपालिका वडा नम्बर ३ स्थित मौवाखोला र फिस्लिङ बीचमा पहिरो जांँदा सो सडकखण्ड एकतर्फी सञ्चालन भएको हो । हालपनि सडकमाथिबाट पहिरो खसिरहेकोले हटाउनको लागि पहल भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज गाईजात्रा, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान … Read more

परराष्ट्रमन्त्री आरजु देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच शिष्टाचार भेटवार्ता

३ भदौ, नयाँदिल्ली । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटमा परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण गरेकी छन् । भेटका क्रममा आपसी हितका विविध पक्षमा नेपाल भारत सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी समेत भएको थियो । भेटपछि … Read more

नेपालले २५१ मेघावाट बिजुली भारत लाइ बेच्दै

काठमाडौँ , भदौ ३ नेपालले अब २५१ मेघावाट बिजुली भारतलाई बेच्ने भएको छ। अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । यो सँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ। यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ … Read more

‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो’ – प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीका खेलाडीहरूसँग छलफल गरेका छन्। शनिबार बिहान करिब दुई घण्टा महिला भलिबल टोलीसँग प्रधानमन्त्रीले समय बिताएको उनको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने … Read more

परराष्ट्रमन्त्री राणाले आज मोदीलाई भेट्दै

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछिन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् । भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ । आइतबार नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय … Read more