विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् ।डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै गत १६ … Read more

बाल मनोविज्ञानमा फिल्म ‘रोल नम्बर १’ निर्माण हुने

फिल्म ‘रोल नम्बर १’ निर्माण हुने भएको छ। आइतबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरिएको हो। सेभेन सिज सिनेमाको प्रस्तुतीमा बन्न लागेको फिल्मलाई जोन योञ्जनले निर्देशन गर्नेछन्। यसमा कथा पनि उनकै रहनेछ। योञ्जनले बाल मनोविज्ञानमा आधारित रहेर फिल्म निर्माण हुन लागेको बताए।’यो एउटा प्रेरणादायी कथा हो,’ उनले भने, ‘तिहारपछि छायांकन गर्ने सोचका साथ तयारी थालेका छौं।’ फिल्मका लागि … Read more

वर्षाले रोकिएको निर्माण कार्य कात्तिक १५ पछि मात्र सुरु हुने

नवलपरासी- नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो । सडक निर्माणका लागि यही साउन १० गते पुनःएक वर्ष म्याद थप भए पनि अहिले सडक विस्तारको काम … Read more

आठ किलो गाँजासहित युवती पक्राउ

काठमाडौँ- बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ रहेकी छन्।आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो। शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच … Read more

प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को डबिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’को डबिङ गरेका छन् । अनामनगरस्थित म्युजिक इरा रेकर्डिङ स्टुडियोमा पुगेर उनले आफ्नो अभिनयमा स्वर भरेका हुन् ।फिल्ममा उनले प्रधानमन्त्रीकै भूमिकामा छोटो अभिनय गरेका छन् । अघिल्लो प्रधानमन्त्रीत्वकालमा ल्याएको एसिड आक्रमणविरुद्धको अध्यादेशको सन्दर्भको कथामा उनी फिल्ममा देखिएका हुन् ।केही मिनेट लामो दृश्यमा ओलीले एसिड आक्रमणविरुद्ध सरकार प्रमुखको … Read more

चालक निदाएपछि बससँग ठोक्कियो कार, ७ जनाको मृत्यु

भारतको उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।गएराति पौने १ बजे  आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो।इटावाका एसएसपी कुमार बर्माका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो। … Read more

सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै, कांग्रेसका शाह मुख्यमन्त्री बन्ने

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । अस्ति शुक्रवार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज बेलुका ५ बजेसम्मको लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो । केन्द्रमा भएको नयाँ सत्ता समिकरण र सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनेछ । कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले … Read more

सञ्चालनमा आएको छोटो समयमै चट्याङले बिगा-यो भरतपुर अस्पतालको एमआरआई

चितवन । भरतपुर अस्पतालमा सञ्चालनमा आएको छोटो समयमा नै एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिएको छ । एमआरआई बिग्रिएसँगै सेवा बन्द भएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलकाका अनुसार साउन १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको हो । अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु … Read more

रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा

काठमाडौं। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन … Read more

आज यी छ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानहरूमा मेघगर्जन … Read more