चितवनको भतेरीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

चितवन I नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय … Read more

बोर्डबाट विदा हुँदै भुवनले भने- ‘फिल्म क्षेत्रलाई सरकारले के गर्‍यो ?’

चलचित्र विकास बोर्डमा २ वर्षे कार्यकाल सकाएर अभिनेता भुवन केसी अध्यक्ष पदबाट विदा भएका छन् । साउन ९ गते (बुधबार) नै उनको कार्यकाल सकिएको हो । बिहीबार बोर्डमा उनको विदाई कार्यक्रम राखिएको थियो । जहाँ भुवनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरुको बारेमा जानकारी दिँदै सरकारप्रति गुनासो र आक्रोश पनि व्यक्त गरे । फिल्म क्षेत्रलाई सरकारले कुनै … Read more

पहिरोमा पुरिएर रामेछापमा तीन किशोरीको मृत्यु

रामेछाप। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-६ फर्पुको पहिरे भन्ने स्थानमा बिहीबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ। स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ, १४ बर्षकी आसिका तामाङ र १३ बर्षकी लक्ष्मी तामाङ रहेका छन्। स्थानीय गोपी तामाङका … Read more

२०८१ साल साउन ११ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला विवाद पनि बढ्नेछ, तर साँझमा राम्रो खबर पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको … Read more

गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै

गुल्मी– यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । जिल्लाका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।  साउनको दोस्रो सातासम्म जिल्लामा ८६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ । जिल्लामा सात हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमध्ये ६ … Read more

शेयर बजार ३२ अङ्कले बढ्याे, १४ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव ११ विन्दुमा पुगेको छ ।आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज उपकार लघुवित्त, जीवन विकास … Read more

एसिया कप खेलेर फर्कियो महिला टीम, कप्तान इन्दु भन्छिन्- हामीले सुधार गर्नुपर्ने धेरै छ I

काठमाडौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो ।समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो । कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको … Read more

धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द

काठमाडौँ ।  काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा  आवागमन बन्द गरिएको छ ।केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए । उनले भने, “वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको … Read more

फिल्ममा कमब्याक गर्ने तयारीमा सोनम कपूर

बलिउड अभिनेत्री सोनम कपूर विवाहपछि फिल्मबाट टाढिएकी छन्। तर उनी कुनै न कुनै कारणले चर्चामा आइरहन्छिन्।कफि विथ करण’ सिजन ७ बाट उनको केही भिडिओ भाइरल भइरहेको छ। सोनम आफ्नो कुरा राख्न हिच्किचाउँदिनन्। हालै उनले फिल्ममा कमब्याक गर्ने बताएकी छन्।उनले एक अन्तर्वार्ता दिदै भनिन्, ‘म फेरि अभिनय सुरू गर्दैछु। चाहे मान्छे मलाई चाहुन् या नचाहुन्। मलाई … Read more

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा जारी छ ।कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा ९ एजेन्डा तय गरिएको छ । जसमा पार्टी गतिविधि र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी तथा विभाग प्रमुख मनोनयनबारे छलफल गरिने छ ।साथै, विधान संशोधन प्रक्रिया थालनी र कार्यदल पुनर्गठन, क्लोज क्याम्पबारे … Read more