कृत्रिम हातखुट्टा उपलब्ध गराउन भरतपुरमा रोटरी क्लबको १५ दिने शिविर

चितवन। यहाँका रोटरी क्लबहरुले हात खुट्टा नभएकाहरुलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने भएका छन् । चितवन, गैंडाकोट र वीरगञ्जका रोटरी क्लबहरुले चितवनमा १५ दिनसम्म शिविर सञ्चालन गरेर हातखुट्टा उपलब्ध गराउन लागेका हुन् । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी यस सम्बन्धी जानकारी दिईएको छ । रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ नारायणगढ, रोटरी … Read more

दोस्रोपटक हलमा दयाहाङको आफ्नै फिल्मसँग भिडन्त

एउटै कलाकारको फिल्म एउटै मिति भिड्नु आफैंमा दुर्भाग्यपूर्ण हो । यसले फिल्मको व्यापारमा त असर पार्छ नै, कलाकारलाई पनि समस्या खडा हुन्छ । अभिनेता दयाहाङ राईका लागि यतिबेला आफ्नै फिल्मको भिडन्त टाउको दुखाई बनिरहेको छ । गत बैशाख १ गते उनका दुई फिल्म ‘जारी’ र ‘बिहे पास’ रिलिज भए । अब दोस्रोपटक उनका आफ्नै फिल्मबीच … Read more

राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय

काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, … Read more

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता

काठमाडौं। नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ। अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले … Read more

सौराहा फुड फेस्टिबल : खाना, संगित र संस्कृतिको समिश्रण

रत्ननगर । चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । फेस्टिवलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ । सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत खाना र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । सौराहामा हात्ती सफारी मार्फत दुर्लभ वन्यजन्तु अबलोकनका लागि स्वदेशी … Read more

चितवनमा एस डि टेक कम्पनीले एक महिने डिजिटल उद्यमी तालिम गर्ने

चितवन – चितवनमा एस डी टेक कम्पनीले एक महिने डिजिटल उद्यमी तालिम गर्ने भएको छ । डिजिटल मार्केटिङ तथा सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको एस कम्पनीले फागुन १ गतेदेखि १ महिने ‘डिजिटल उद्यमी तालिम गर्ने भएको हो । आज (विहिबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गरी कम्पनीले ‘डिजिटल उद्यमी’ … Read more

नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पाँचजना पक्राउ

बारा। नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी ती व्यक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जिल्ला सर्लाही चन्द्रनगर गाउँपालिका–३ बस्ने वर्ष ४४ का रामचन्द्र महतो कोइरी, जिल्ला बारा परवानीपुर गाउँपालिका–५ बस्ने सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, जिल्ला … Read more

‘राम’ बन्न यस्तो तालिम लिँदैछन् रणवीर कपूर

बलिउड अभिनेता रणवीर कपूर ‘एनिमल’ फिल्मबाट धेरै चर्चा बटुलिरहेका छन्। उनले फिल्ममा एक्सन भूमिका गरेका थिए। यो फिल्मले बक्स अफिसमा धमाका मच्चाएको थियो। अब उनी एक्सन नभई शान्त पात्रको भूमिकामा देखिने छन्। उनी आगामी फिल्म ‘रामायण’ मा राम पात्रको भूमिकामा देखिदैछन्। उनले राम पात्रको भूमिकाको लागि निकै मेहेनत गरिरहेका छन्। उनले आफ्नो भूमिकाको अभ्यास गर्दै फिल्मका निर्देशक नितेश तिवारीलाई … Read more

२०८० साल माघ २६ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । … Read more

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन- मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेको भावना यथाशीघ्र सम्बोधन गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा आज उनीसहित मन्त्रिपरिषद्का सदस्यहरुसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बसेको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले भने, “संघीयताको सुदृढ कार्यान्वयन हामी सबैको साझा जिम्मेवारी हो। यहाँहरूले मुख्यमन्त्रीको चिन्ता र … Read more