ट्र्याक्टर दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

खोटाङ — जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भोजपुरबाट दिक्तेल आउँदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्र्याक्टर साकेला गाउँपाालिका–१ बाँझे च्यानडाँडाास्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मध्याह्न साढे १२ बजेतिर दुर्घटना हुँदा त्यसमा सवार बाँझे च्यानडाँडाका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर दुर्घटनामा १ को मृत्यु, १ जना घाइते … Read more

एनआरएनए जर्मनीद्वारा निःशुल्क नेपाली भाषा कक्षा सञ्चालन

गैरआवासीय नेपाली संघ एनआरएनए जर्मनीले निःशुल्क नेपाली भाषा कक्षा सञ्चालनको सुरूआत गरेको छ। हरेक आइतबार दुई वटा कक्षा सञ्चालन भइरहेको छ। एनआरएनए जर्मनीको भाषा तथा बालबालिका संयोजक सुनिता राईले हरेक आइतबार जुममार्फत् दुई वटा कक्षा सञ्चालन गर्दै आएकी हुन्। जसमा ४५ जनाभन्दा बढी बालबालिका सहभागी छन्।  राई जर्मनीको ह्याम्बर्गमा जर्मनी स्कुलमा विगत ८ वर्षदेखि कार्यरत छन्। विदेशमा … Read more

राष्ट्रपतिद्वारा तीनवटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका विधेयकहरूलाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार … Read more

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकार पद हो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए । तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी … Read more

श्रीलंकन टोलीविरूद्ध नेपालको २ रनको जित

काठमाडौं, वुमन्स एसिया कप २०२४ को तयारीका लागि श्रीलंकामा रहेको नेपालले अभ्यास खेलमा जित हात पारेको छ। यसअघिका दुई खेलमा लगातार पराजय भोगेको नेपालले मंगलबार भएको तेस्रो खेलमा एसएल डेभलवमेन्ट स्क्वाडविरुद्ध २ रनको जित निकालेको छ। तेस्रो खेलमा १३ रनको लक्ष्य पछ्याएको एसएल डेभलवमेन्ट स्क्वाडलाई नेपालले २० ओभरमा ११० रनमै रोकेको हो। त्यसअघि पहिले ब्याटिङ गरेको … Read more

सिमलताल पहिरोमा परेका १५ जनाको शव भेटियो, ७ जनाको सनाखत हुन बाँकी

चितवन– नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी बेपत्ता भएका २ वटा बसमा रहेका ६५ यात्रुमध्ये हालसम्म १५ जनाको शव फेला परेको छ। मंगलबार बिहान साढे ९ बजेसम्म १५ मध्ये ८ जनाको सनाखत भएको सीडीओ कार्यालय चितवनले जनाएको छ। सीडीओ इन्द्रदेव यादवका अनुसार दुर्घटनामा बेपत्ता भएका ९ भारतीय मध्ये ३ जनाको मृत्यु भएको छ। … Read more

चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमाः “झन्झट व्यहोर्न र लामो पालो कुर्नु पर्दैन”

चितवन, आजदेखि स्वास्थ्य बीमा लागू गरेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले बिरामीले झन्झट व्यहोर्न र लामो पालो कुर्नु नपर्ने जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी शल्यक्रिया, सिटी स्क्यान, एमआरआई जस्ता बिरामीको धेरै चाप हुने सेवामा पनि बीमा भएकै कारण लामो पालो कुर्न नपर्ने जनाएको हो । पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप … Read more

बागमती नदीमा बेपत्ता बालकको १८ घण्टापछि शव भेटियो

रौतहट ।रौतहटस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको १८ घण्टाको खोजीपछि शव भेटिएको छ।जिल्लाको पूर्वीभेग गढीमाई नगरपालिका ३ लक्ष्मीपुर घाट बागमती नदीमा नुहाउने क्रममा सोमवार बेपत्ता भएको १० वर्षीय बालकको आज शव बरामद भएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घण्टा पश्चात् घटनास्थल बाट साढे तीन किलोमिटर … Read more

जम्मु-कश्मिरमा भिडन्त, क्याप्टेनसहित ५ जना भारतीय सैनिक मारिए

नयाँदिल्ली- जम्मु-कश्मिरमा पछिल्लो १० दिनमा ११ जना भारतीय सैनिक मारिएका छन् । मंगलबार मात्रै डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ५ भारतीय सैनिक मारिएका हुन् । सेनाका जवानले चरमपन्थीहरूलाई जंगलमा घेरेर राखेको अवस्थामा भिडन्त भएको हो । चरमपन्थीहरूले आफूलाई बचाउन गोली चलाउँदा सेनातर्फ हताहती भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसक्रममा भारतीय सेनाका जवानले पनि … Read more

४ लाख रुपैयाँभन्दा बढी घुस रकमसहित दार्चुलाका कृषि प्राविधिक पक्राउ

काठमाण्डौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाल लाख १२ हजार घुस रकमसहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारको टोलीले हिजो पक्राउ गरेको हो । उनिहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले … Read more