खोटाङ — जिल्लामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भोजपुरबाट दिक्तेल आउँदै गरेको प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्र्याक्टर साकेला गाउँपाालिका–१ बाँझे च्यानडाँडाास्थित मध्यपहाडी लोकमार्गमा मंगलबार मध्याह्न साढे १२ बजेतिर दुर्घटना हुँदा त्यसमा सवार बाँझे च्यानडाँडाका २१ वर्षीय जीवन देउजाको घटनास्थलमै मृत्यु भएको हो ।
ट्र्याक्टर दुर्घटनामा १ को मृत्यु, १ जना घाइते
ट्र्याक्टर चालक फरार छन् । उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख पुरुषोत्तम खड्काले बताए । ट्र्याक्टरका सहचालक घाइते छन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सुरु भएको खड्काले बताए ।
रित्तो ट्र्याक्टर अनियन्त्रित भई सडकभन्दा करिब ३० मिटर तल झरेको डीएसपी खड्काले सुनाए । ट्र्याक्टर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।