२ समूहकाे झगडा मिलाउन जाँदा धारिलो हतियार प्रहारबाट एक पुरुषको ज्यान गयो

काठमाडौं ,नेपालगन्जमा धारिलाे हतियार प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ। शुक्रबार राति नेपालगन्जकाे टांगा स्टेशननजिक दुई समूहकाे बीचमा भएकाे झगडामा धारिलाे हतियार प्रहारबाट घाइते भएका इरसाद कबाडियाकाे मृत्यु भएकाे हो। कबाडियाकाे उपचारकाे क्रममा भेरी अस्पतालमा मृत्यु भएकाे हाे। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीका अनुसार दुई समूहकाे झगडा मिलाउन गएका कबाडियालाई चाेट लागेकाे थियाे। प्रहरीले … Read more

नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

चितवन,चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव शनिवार बिहान भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएको थियो । … Read more

आजदेखि पानी पर्ने क्रम कम, जमिन गलेकोले बाढी पहिरोको जोखिम कायमै

काठमाण्डौ – गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएको छ । अहिले देशका केही ठाउँमा घाम लागेको छ, केही ठाउँमा सामान्य बदली मात्रै भइरहेको छ । कतै–कतै भने हल्का पानी परिरहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी … Read more

म्यानमाको याङ्गुन नदिबाट पाँच जनाको शव निकालियो

एजेन्सी– म्यानमाका उद्धारकर्ताहरूले व्यवसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ। स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो।‘उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्’, अग्नि नियन्त्रण सेवाले सेवाले शुक्रबार राति फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको … Read more

दाङमा सर्पले डसेर एक वर्षमा १० जनाको मृत्यु

असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो। बायाँ हातमा सर्पले डसेका चौधरीलाई अस्पताल लैजानुको सट्टा उनका परिवार धामी झाँक्री र झारफुकतिर लागे। अवस्था नाजुक बन्न थालेपछि मात्रै उनलाई अस्पताल लैजाने तरखर भयो जतिबेला धेरै ढिला भइसकेको थियो। बेलुका ८ बजे घोराहीस्थित राप्ती … Read more

अनलाइन ठगी गर्ने महिला पक्राउ

दमौली , जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन्। निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर पाँच लाख ठगी गरेकी थिइन्। पक्राउ परेकी थापा … Read more

सिमलताल पहिरोसंगै त्रिशूलीले बगायो सृष्टिको जापान जाने सपना

बारा,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ घर भएकी सृष्टि यादव सवार एञ्जल बस चितवनको भरतपुर महानगरपालिका-२९ को सिमलतालमा लेदोसहितको पहिरोले बगाएको छ । हालसम्म उनी त्रिशूली नदीमा बेपत्ता छिन् । २५ वर्षीया सृष्टि जगदीश प्रसाद यादव र सुमित्रा देवी यादवको पहिलो सन्तान हुन् । उनी यस परिवारको जेठी छोरी हुन् । जगदीश र सुमित्राको सृष्टि … Read more

सिमलताल पहिरो: ५० किलोमिटर टाढा नारायणी नदीमा भेटियो एउटा शव

चितवन, चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरु खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको … Read more

बालिकालाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने ५ जनालाई जेल सजाय

 धादिङ: १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको … Read more

डुबेर बालिकाको मृत्यु

सर्लाही :  सर्लाहीको लालबन्दी नगरपालिका –१७, रानिगन्जमा खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ः३० बजेतिर भएको घटनामा ईश्वरपुर नगरपालिका –५, सखुबनी निवासी सन्तोष पाण्डेकी छोरी १० वर्षीया निसा पाण्डेको मृत्यु भएको हो । रानिगन्जका एक स्थानीयले आफ्नो निजी जग्गामा खनेको खाल्डोमा जमेको पानीमा डुबेर अचेत भएकी निसालाई … Read more