अस्पतालहरुमा दैनिक चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार काम गरेको बताएका छन्। प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए। उनले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण र खोप सुनिश्चित गरिएको तथा अस्पतालहरूमा … Read more

नारायणगढ-मुग्लिन सडकखण्ड अपडेट : ११ घण्टा पछि दुईतर्फी सडक खुल्‍यो

नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला क्षेत्रको सडकमा खसेको पहिरो हटाएर दुईतर्फी यातायात सञ्‍चालन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार अवरूद्ध सडकको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात खुलेको हो । यसअघि कालीखोलामा माथिबाट ठूलो पहिरो झरेपछि पन्छाउन करिब ११ घण्टा समय लागेको डीएसपी रिजालले बताए । उनले भने, ‘रातिदेखिको पहिरो ठूलो एक्साभेटरको सहायताले … Read more

पौडिएर बाँचेका यात्रु भन्छन्- पानीमा झरेपछि मात्र बस खसेको थाहा पाएँ

पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसबाट बाहिर निस्किएका यात्रुले पानीमा झरेपछि मात्रै दुर्घटनाबारे थाहा पाएको बताएका छन्। शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका छन्। त्रिशूलीमा पौडी खेलर तीन यात्रु जोगिएका छन्। सामान्य घाइते रहेका उनीहरूमध्ये दुई जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। … Read more

प्रचण्डलाई योगेशको जवाफ : ढुक्क हुनुस्, स्वर्ग जाँदा सँगै लैजान्छौं

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए । आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले … Read more

बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु

काठमाडौँ । बिहे भएको २४ घण्टा बित्न नपाउँदै एक युवतीको सिउँदो उजाडिएको छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा उक्त घटना भएको हो । २० वर्षीय सोनु यादव मंगलबार विवाहका लागि जन्तीसहित औरैया जिल्लाको सुल्तानपुरस्थित बेहुलीको घरमा पुगे । विवाहका प्रक्रिया पूरा गरी बुधबार बेहुली लिएर सोनु आफ्नो घर फर्किए । प्रचलित विधि अनुसार बेहुली … Read more

भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा २२ को मृत्यु

नयाँदिल्ली ।  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा … Read more

पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई चितवनका होटलमा निशुल्क खाना बस्नको व्यवस्था

भरतपुर,होटल व्यवसायी संघ चितवनले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना बस्नको व्यवस्था गर्ने भएको छ । पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभयो । बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएको बताउँदै अध्यक्ष भट्टले पहिरोमा … Read more

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए । नेपाल प्रहरी र सशस्त्रको … Read more

कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

विराटनगर , मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन्। प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा … Read more

प्रधानमन्त्री प्रचण्डको दाबी : कांग्रेस–एमालेलाई डरले जोड्यो

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, … Read more