अस्पतालहरुमा दैनिक चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आम जनताले देखिने र बुझिने गरी आफू नेतृत्वको सरकार काम गरेको बताएका छन्।

प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशैभरका निजी र सार्वजनिक अस्पतालमा विपन्न नागरिकका लागि दैनिक करिब चार हजार निःशुल्क बेड सुनिश्चित गरिएको बताए।

उनले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण र खोप सुनिश्चित गरिएको तथा अस्पतालहरूमा विशेषज्ञ सेवाको विस्तार गरिएको बताए।

सेयर गर्नुहोस्