काठमाडौं : राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले सुशासनको झुटो दाबी गरेको बताएका छन्।अहिले कांग्रेस निकट बेचन झा पक्राउ गरेकोले एमाले-कांग्रेस मिलेको भन्ने रविको दाबी गलत रहेको उनले बताए।
‘सुशासनको भाषण गर्नुभयो। तर तपाईँको अभिन्न मित्र जिबी राई पक्राउ नगरी बिदा हुने हुनुभयो’, उनले भने।
एक जनालाई पनि फाइल खोलेर जेल हाल्न नसकेको भन्दै के सुशासनको भाषण गरेको भन्दै शाहीले प्रश्न गरे।
‘रोष्ट्रममा सत्य बोलौं, झुटो नबोलौं’, उनले भने, ‘बेचन झा बेचन झा भनेर के ब्रान्डिङ गर्नुभएको ? यही संसदको सदस्य टोपबहादुर रायमाझी पक्राउ पर्दा सरकार नढल्ने, बेचन झा पक्राउ पर्दा ढल्ने यस्तो हुन्छ ?’