आज सहिद दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न … Read more

२०८० साल माघ १६ गते मंगलबार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम … Read more

गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्। केन्द्रको २८औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउँदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन्। मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई … Read more

‘यूनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्दै सलिन

अभिनेता सलिनमान बनियाँले ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘यात्रा’पछि अभिनयमा निस्क्रिय देखिएका उनले फिल्म ‘यूनिभर्सिटी अफ गुन्डाज्’बाट कमब्याक गर्न लागेका हुन् । मंगलबार एक पोस्टरमार्फत् फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरिँदैछ । फिल्मलाई अभिनेता सलोन बस्नेतले निर्माण गर्नेछन् भने उनी स्वयंको पनि मुख्य भूमिका रहनेछ । निर्देशकको … Read more

‘पिताम्बर’मा भित्रिए सौगातदेखि अनुपसम्म

‘ऐंचो पैंचो’ निर्देशक तथा निर्मात्री कृषा चौलागाईंको आगामी फिल्म ‘पिताम्बर’मा कलाकारको ‘लाइनअप’ बलियो बनेको छ । यही माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा प्रदीप खड्का, सुरक्षा पन्त, प्रमोद अग्रहरी र कामेश्वर चौरासियापछि सौगात मल्ल, आँचल शर्मा, अनुपविक्रम शाह र दिव्यदेव अनुबन्ध भएका छन् । कलाकारको यो ‘लाइनअप’ले फिल्म रोचक बन्ने देखिन्छ । कृषा स्वयंको … Read more

कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल … Read more

पशुअधिकारकर्मीद्वारा पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएकोमा चिन्तित

चितवन । चितवनमा पशुअधिकारकर्मीद्धारा पशु कल्याणका लागि पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन । आज एनीमल नेपाल ग्रैहसरकारी संस्थाले भरतपुरमा अन्तरक्रिया गरी सरोकारवालको ध्यानाकर्षण गरेका हुन् । पशु सेवा ऐन २०५५ तथा पशु ढुवानी मापदण्ड २०६४ अनुसार कार्यान्वयनमा कमजोरी देखिएको भन्दै कार्यन्वयनमा जोड दिए । पशुअधिकारकर्मी तथा एनीमल नेपालका प्रतिनिधि रामचन्द्र … Read more

साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका … Read more

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध … Read more

मैयाँदेवी स्‍मृति महिला क्रिकेटमा सुदुरपश्चिम र बागमतीको जित

चितवन । चितवनमा जारी मैयाँदेवी स्‍मृति राष्ट्रिय महिला यु १९ क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश विजयी भएका छन् । आज (सोमबार) १५ ओभरमा घटाईएको पहिलो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशविरुद्ध १९ रनको जित निकालेको हो । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा सुदुरपश्चिमले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित १५ ओभरमा … Read more