अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

भोजपुर, असार २६- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले  बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी … Read more

नौबिसे–मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म ५ घण्टा बन्द

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे(मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै २६ असारदेखि ९ साउनसम्म राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने जनाएको छ । उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा … Read more

अवरुद्ध डुम्रे-बेँसीसहर सडक सञ्चालन

लमजुङ– पहिरोले अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुलेको छ । मंगलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीशहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले पहिरो पन्छाएर आज बिहान ११ बजेपछि सडक सञ्चालन भएको बताए । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौँं, पोखरा र चितवन र ती स्थानबाट बेँसीसहरका … Read more

निसर्ग अस्पतालमा युवती मृत्यु प्रकरणः डाक्टरलाई बर्खास्त, कारवाहीका लागि काउन्सिलमा सिफारिस गर्ने सहमति

धनगढी, धनगढीको निसर्ग अस्पतालमा युवतीको मृत्यु प्रकरणमा डाक्टर ओमप्रकाश भट्टलाई कारबाही गर्ने सहमति भएको छ। डाक्टर भट्टलाई निर्सग अस्पतालबाट बर्खास्त गर्ने, मेडिकल काउन्सिलमा कारबाही सिफारिसको लागि पत्र पठाउने र डाक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने सहमति भएको हो। भट्टले गलत औषधी प्रयोग गर्दा धनगढी उपमहानगरपालिका १ की २२ वर्षीया लक्ष्मी जोशीको सोमबार राति मृत्यु भएको … Read more

मेसी बने अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता

काठमाडौं, अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् । यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् । मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ … Read more

श्रीमानले नेपालबाट केटी पठाउने, श्रीमतीले कतारमा ५ लाखमा बिक्री गर्ने

 काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट केटी कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ ।मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको हो । ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार कतार पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेको खुलेको … Read more

उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

लस एन्जलस, युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो ।हालैका महिनाहरूमा कम्पनीका विमानमा एक पछि अर्को गर्दै समस्याहरू आइरहेका छन् । अमेरिकाको सङ्घीय उड्डयन अधिकारीहरूले कम्पनीको विमानहरूमाथि सुरक्षा समीक्षा पनि गरिरहेका छन् । यसैबिच यो घटना भएको हो । सोमबार … Read more

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा २ जना पक्राउ

 काठमाडौं । नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान छन् । उनीहरुलाई मानव बेचिबखिन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ मनोहरा-जडीबुटीमा गेष्ट हाउस सञ्चालन गर्दै आएका छन् । बालिकाहरुलाई … Read more

सुगुरको मिर्गौला र ‘कृतिम मुटु’ प्रत्यारोपण गरिएकी लिसाको मृत्यु

काठमाडौ,  सुगुरको मिर्गौला प्रत्यारोपण गरिएकी दोस्रो महिलाको पनि मृत्यु भएको छ । लिसा पिसोना नाम गरेकी ती अमेरिकी महिलामा मुटु समेत मेकानिकल राखिएको थियो ।न्यूयोर्कको ल्याङ्गोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका चिकित्सकहरुले मंगलबार उनको मृत्यु भएको पुष्टि गरे । त्यसो त मंगलबार उनको मृत्यु भएको घोषणा गरे पनि अनुवांशिक रुपमा परिमार्जित सुगुरको मिर्गौला भने प्रत्यारोपण गरिएको ४७ दिनमै … Read more

पहिरोले घर पुरिँदा पोखरामा एकजनाको मृत्यु

कास्की– कास्कीको पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–२७ सहेलापाटामा रहेको मनबहादुर थापाको ब्लकले बनेको घर पहिरोले पुरिँदा उनका २२ वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरिएको जानकारी दिए । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट … Read more