माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्न लागेको हो ।बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मतबारे छलफल हुने नेकपा माओवादी केन्द्रकी सचेतक रुपा सोशी चौधरीले जानकारी दिइन् । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै … Read more

कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

कैलाली,कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्र्को नाम नाम, थर, वतन नखुलेको एक व्यक्तिको मृत्यु भएको हो । विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको … Read more

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण

चितवन । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले … Read more

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा … Read more

तनहुँमा दाउरा निकाल्न गएका व्यक्ति सेतीको बाढीमा बेपत्ता

सेती नदीको बाढीले बगाएर ल्याएको दाउरा झिक्ने क्रममा तनहुँमा आज बिहान एक जना बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन्। कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिए। बाढीले बगाएर ल्याएको … Read more

रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जानकारी दिए … Read more

‘एक लाखमा लाइसेन्स, त्यो पनि नक्कली’

काठमाडौं, सेवाग्राहीले एक लाख रूपैयाँसम्म तिरेर लिएका सवारीचालक अनुमति–पत्र (लाइसेन्स) सबै नक्कली परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरेको दोस्रो चरणको अनुसन्धानबाट सेवाग्राहीले ३५ हजारदेखि एक लाख रूपैयाँसम्म तिरेर लिएका लाइसेन्स सबै नक्कली भएको खुलेको हो। यो समाचार नागरिक दैनिकमा छ, सिआइबीले दोस्रो चरणको अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालय काठमाडौंमार्फत जिल्ला अदालत काठमाडौंमा दर्ता … Read more

अछाममा बेवारिसे शव फेला

अछामको बुढीगंगा नदीमा बेवारिसे शव फेला परेको छ। साँफेबगर नगरपालिका-७ मेलसैनस्थित बुढीगंगा नदीमा मंगलबार बिहान बेवारिसे शव फेला परेको प्रहरीले जनाएको हाे। नदी किनारमा फेला परेको शवको नाम थर र लिङ्गको समेत पहिचान हुन सकेको छैन।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शरीरका विभिन्न अङ्ग सडेका कारण उक्त शव पुरूष वा महिला कसको हो भन्ने समेत पहिचान … Read more

काठमाडौँ विश्वविद्यालयले क्यान्सर रोगको पहिचानका लागि प्रयोगशाला र अनुसन्धान सुरु गर्ने

काठमाडौँ,  काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले क्यान्सर रोगको समयमा नै पहिचानका लागि प्रयोगशाला तथा क्यान्सर रोगको अनुसन्धान सुरु गर्ने भएको छ । विश्वविद्यालय परिसरमा रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर (एनटिआइसी) को भवनमा क्यान्सर रोगको समयमै पहिचान, उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजना अघि बढाएको हो । विश्वविद्यालयले कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) … Read more

खुल्यो पहिरोले अवरूद्ध बनेको अरनिको राजमार्ग

पहिरोले अवरूद्ध बनेको अरनिको राजमार्ग खुलेको छ। गएराति साढे ९ बजे काभ्रे पाँचखाल नगरपालिका-८ ५० किलो स्थित सडकमा पहिरो खसेको थियो। पहिरो खसेर अन्दाजी १२० मिटर देखि १५० मिटर सडक अवरूद्ध बनेको थियो। मंगलबार दिउँसो सवा २ बजे पहिरो पन्छ्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। अहिले सडक दुबै तर्फ सञ्चालनमा आएको छ।