जसपा नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि धनुषाकाे जनकपुरधाममा शुरु हुँदैछ । जनकपुरधामको तिरहुतिया गाछीमा शुरु हुने महाधिवेशनको दिउँसो १ बजे अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताको सहभागिता रहनेछ । पर्सिसम्म चल्ने महाधिवेशनमा १३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जसपा नेपालले जानएको छ । महाधिवेशनले … Read more

फ्रान्सका राष्ट्रपतिद्वारा संसद् विघटनको घोषणा, दुई चरणमा चुनाव हुने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने घोषणा गर्नुभएको हो । दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियन (ईयू) को चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक … Read more

फेवाताल मिचेर बनेका संरचना साउनदेखि हटाउन आदेश

उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्न/नगराउन परमादेश जारी गरेको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउन असार मसान्तभित्र कार्यतालिका बनाउन अदालतले भनेको हो । उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश राजन भट्टराई र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले हिजो यस्तो आदेश गरेको हो । त्यसरी बनाइएको कार्यतालिका साउन १ गतेदेखि कार्यान्वयन गर्न … Read more

सुदूरपश्चिममा एमाले र माओवादीबाट ३–३ जना मन्त्री बन्दै

माथिल्लो लहरको बायाँबाट क्रमश: एमाले सांसदहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्की । तल्लो लहरमा बायाँबाट क्रमश: माओवादी सांसदहरु अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिक ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ । एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री … Read more

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि ८ जनालाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए । यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र … Read more

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२८ जेठ, काठमाडौं । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको … Read more

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ। अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो। संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले असारसम्म … Read more

फ्रान्सका राष्ट्रपतिद्वारा संसद् विघटनको घोषणा, दुई चरणमा चुनाव हुने

काठमाण्डौ – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संसद् विघटन गर्दै दुई चरणमा चुनाव हुने घोषणा गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको चुनाव जुन ३० र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने घोषणा गर्नुभएको हो । दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियन (ईयू) को चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले … Read more

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो। प्रधानमन्त्री दाहाल आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा सहभागी … Read more

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ । त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् ।  उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने बताए । `अरू ३० सिट पुगे म मत दिन्छु,´ उनले भने । … Read more