यस्ता छन् करका दरमा हेरफेर

काठमाडौं। सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१-०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ । स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, … Read more

खर्च कटौतीमा सरकारका योजना: अनावश्यक कार्यालय गाभ्ने, विदेश भ्रमण निरुत्साहन गर्ने

काठमाडौं। आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेटमार्फत सरकारले खर्च कटौतीका विभिन्न योजना अघि सारेको छ। सार्वजनिक खर्च बढ्दा बजेटको स्रोतमा चाप परेको भन्दै हरेक वर्ष आलोचना हुने गरेको छ। चालु शीर्षकका खर्च कटौतीका लागि सरकारले विभिन्न योजना ल्याएको हो। ‘सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइनेछ। कार्यालयको प्रकृति र जनशक्तिको आधारमा कार्यालय सञ्चालन खर्च, घरभाडा, … Read more

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । मन्थली–६ कै सन्जयकुमार घिसिङ भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । … Read more

आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धारलाई थप प्रभावकारी बनाइने उनले बताए । राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रम पुनर्संरचना गरी आर्थिक क्रियाकलापसँग जोडिने अर्थमन्त्री पुनले … Read more

मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड

सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेका हुन् ।

बढेन कर्मचारीको तलब, ‘सेवाग्राहीसँग शुक्रबार कार्यक्रम’ घोषणा

सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ । मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् । पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, … Read more

ऊर्जा मन्त्रालयले पायाे ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट, यस्ता छन् कार्यक्रम

सरकारले ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयका लागि ३६ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आउँदो वर्ष १५ हजार ५ सय ७१ हेक्टर जमिनमा थप सिँचाइ विस्तार गर्ने बजेटमा उल्लेख छ । यस्तै रानीजमरा कुलरिया आयोजनाअन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टर जमिनमा शाखा नहर सञ्चालन गर्ने र लम्की मूल नहरअन्तर्गत शाखा … Read more

काठमाडौंका ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जोडिने

काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा ट्राफिक लाइन जडान गरिने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् । ट्राफिक नियमलाई व्यवस्थित गर्न उपत्यकाका ४४ वटा चोकहरुमा स्मार्ट ट्राफिक लाइट जडान गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

प्रहरीको अवकाश उमेर पुनरावलोकन गरिने

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् । कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् । निजामती … Read more

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ … Read more