गणतन्त्र दिवसको अवसर ललितकला प्रदर्शनी आजदेखि शुरु हुँदै

गणतन्त्र दिवसको अवसरमा आजदेखि काठमाण्डौमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ शुरु हुदैछ । प्रदर्शनीमा यस पटक चार सय ८२ जना कलाकारका पाँच सय २२ वटा कलाकृति प्रदर्शनीमा राखिने भएको छ । प्रदर्शनीमा कोशी प्रदेशबाट ४२ कलाकारका ४३, मधेश प्रदेशबाट ५७ कलाकारका ६१, बाग्मती प्रदेशबाट दुई सय ३३ कलाकारका दुई सय ६७, गण्डकी प्रदेशबाट ४२ कलाकारका ४६, … Read more

साउदी प्रो लिगमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान

अल नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको एकै सिजनमा ३५ गोल गरेर सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । गएराति भएको खेलमा अल नासरले अल इत्तिहादलाई ४–२ ले पराजित गरेको खेलमा रोनाल्डोले दुई गोल गरे । योसँगै उनी साउदी प्रो लिगमा यो सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । रोनाल्डोले यो सिजन साउदी प्रो लिगमा … Read more

रेमल आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गयो

भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ । यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका … Read more

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–३ बोटखोला र चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ रामाघाटमा सडकमाथि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् । यस्तै आठबीस नगरपालिका–१ मा पनि पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । पहिरो पन्छाएर सडक खुलाउने तयारी … Read more

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिमकी विष्टको लेक लागेर ज्यान गयो

यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोेट विष्ट गाउँकी २२ वर्षकी जमुना विष्टको लेक लागेर ज्यान गएको छ । डोल्पाको काईके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेका बेला विष्टको ज्यान गएको वडा अध्यक्ष नरसिं विष्टले जानकारी दिनुभयो । डोल्पाको नाउरेमा पुगेको बेला विष्ट लेक लागेर बिरामी हुनुभएको थियो । उहाँको साथमा रहेकी कान्छी बहिनी सरस्वतीसहित … Read more

किन दयाहाङ ‘गाउँ आएको बाटो’लाई करिअरको उत्कृष्ट फिल्म मान्छन् ?

अहिलेका सर्वाधिक सफल अभिनेता दयाहाङ राईले करिअरमा ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । र, अन्तर्राष्ट्रिय फेस्टिभलमा उनकै फिल्म बढी पुगेका छन् । ‘सेतो सूर्य’, ‘कबड्डी’, ‘लुट’, ‘जारी’ जस्ता यादगार फिल्ममा काम गरेका उनी यतिबेला कुनै फिल्मलाई लिएर उत्साहित छन् भने त्यो ‘गाउँ आएको बाटो’ हो । यसलाई उनी आफ्नो करिअरको उत्कृष्ट फिल्म मान्दछन् … Read more

सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्– ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’ … Read more

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट, बुधबार सुनुवाई हुने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। लामिछाने पदमा रहेरै सहकारीको ठगीबारे अनुसन्धान गर्दा उनले अनुचित प्रभाव पारेर अनुसन्धान प्रभावित बनाउन सक्ने र निष्पक्ष अनुसन्धान नहुने भन्दै उनलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइनुपर्ने रिटमा माग गरिएको छ। अधिवक्ता अतिल विष्टले सहकारीबारे अनुसन्धान भइरहँदा गृहमन्त्री लामिछाने … Read more

७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् । उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो । उनले बाह्‍य मुलुकबाट नेपाल आउने … Read more

‘पूजार सार्की’का मेरुदण्ड प्रदीप

नेपाली फिल्म क्षेत्रमा चकलेटी हिरोहरु अभिनयको दमले भन्दा पनि लुक्सको भरमा चलेका हुन् भन्ने भाष्य बनेको छ । धेरै हदसम्म यसमा सत्यता छ । प्रायः चकलेटी हिरोहरुको ‘फ्यान’ बनेका दर्शकहरु उनीहरुको लुक्सले नै आकर्षित भएका हुन् । र, मेकरहरु पनि उनीहरुलाई कसरी सुकिलोमुकिलो र चिटिक्क देखाउने भन्नेमै केन्द्रित रहन्छन् । जसले गर्दा पर्दामा अभिनय कच्चा … Read more