दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदै

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ । तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । दक्षिण अफ्रिका आज सान्त्वना जितको खोजीमा छ । वेस्ट इन्डिज जितेमा भने शृङखला क्लिन स्वीप गर्नेछ ।

ठूला होटल खुलेसँगै चितवनमा विदेशी पर्यटकको सङ्ख्या बढ्यो

ठूला होटल खुलेसँगै चितवनका पर्यटकीयस्थलमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल बन्द भएपछि विदेशी पर्यटकको सङ्ख्या घटेको थियो । भर्खरै सञ्चालनमा आएका ठूला होटलले निकुञ्जभित्रकै अनुभूति हुने गरी पर्यटकलाई सेवा दिन थालेपछि पर्यटकको सङ्ख्या वृद्धि भएको हो । निकुञ्ज स्थापना हुनुअघि खुलेको टाईगर टप्स होटलसमेत बन्द छ । पछिल्लो समय सौराहा … Read more

शेयर बजार २२ अङ्कले घट्यो, चार अर्ब ४४ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै … Read more

माडीको कान्तीपुरमा गन्र्धव जातीको सामुदायिक होमस्टे सञ्चालनमा

चितवनको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा गन्धर्व समुदायले होमस्टे सञ्चालन गरेको छ । एक सय जना बढी क्षमताको होमस्टे सञ्चालनमा ल्याइएकोमा हाल ६ वटा होमस्टे मात्र पूर्ण रुपमा सञ्चालन भएका छन् । अन्य होमस्टे भने निर्माणधीन रहेका छन् । बागमती प्रदेश सरकार र माडी नगरपालिकाको अनुदान सहयोगमा त्यहाँ ४४ वटा घर निर्माण गरिएको छ … Read more

मंगलबार दिउँसो १ बजे नै बजेट भाषण

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् । त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२: ४५ … Read more

न्युरोडमा महानगरले सडक तोडफोड गरेको यातायातमन्त्री महासेठको आरोप

यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए । मेयर शाहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको … Read more

नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु

नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिकै झरेको पहिरोमा पुरिएर एक्सकाभेटर अपरेटरको मृत्यु भएको छ। इच्छाकामना–५ मा पर्ने सडक छेउमा नाला खन्नेक्रममा माथिबाट झरेको ढुंगासहितको पहिरोमा पुरिएर बर्दिया घर भएका अन्दाजी ३२ वर्षीय अपरेटर मंगल चौधरी गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका गम्भीर घाइते चौधरीको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु … Read more

कार्यादेश टुंगोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडाैं। सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगाे लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज पनि बैठक बस्ने भएको छ। शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज बस्ने तय भएको हो। बिहान ९ बजे शीर्ष तीन नेता बसेर छलफल गर्ने भएका हुन्। शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम … Read more

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

काठमाडौं। म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए। म्यानचेस्टर … Read more

सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं:  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न … Read more