आज २५६८ औं बुद्ध जयन्ती पूजा, आराधना गरी मनाइँदै

काठमाडौं। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति, … Read more

२०८१ साल जेठ १० गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । … Read more

कैलाश सिरोहियासँग कुनै रिसइबी छैन : प्रधानमन्त्री दाहाल

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियालाई सरकारले कुनैपनि प्रतिशाेध राखेर पक्राउ नगरेको जनाएका छन्। पत्रकारहरूसँग चन्द्रागिरीमा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाटै सिरोहियामाथि छानबिन अगाडि बढेको बताएका हुन्। ‘अदालतले प्रक्रिया अगाडि बढाऊ भनेपछि अदालती प्रक्रिया बुझ्याछु मैले। यो बढ्ता होहल्ला गर्न जरुरी लाग्दैन मलाई, ’ उनले भने। सरकारले रिसइबी साध्यो भन्ने छ नि भन्ने … Read more

धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिँदै

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ। आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएका सिरोहियालाई मंगलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो। उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धुनषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थियो। सिरोहियाले आफूविरूद्ध … Read more

चितवनमा शल्यक्रिया बिना मुटुको प्वाल टालियो

चितवन । चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो । मुटुरोग विशेष प्राडा श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पु¥याएर प्वाल टालेको हो । अहिले ती महिलाको स्वास्थ्य अवस्था राम्रो … Read more

सदन र सडक आन्दोलनलाई प्रभावकारी बनाउने कांग्रेसको तयारी

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए। कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति … Read more

कस्तो रहला बुधबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि … Read more

२०८१ साल जेठ ९ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका … Read more

कैलाश सिरोहिया पक्राउ

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराइ नेतृत्वको टोली कान्तिपुर कार्यालय पुगेको थियो। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको … Read more

वृद्ध बनेका पलको प्रहरीसँग मुठभेडको रहस्य के हो ?

चकलेटी अभिनेताको रुपमा चिनिएका पल शाह प्रायः फिल्ममा सुकिलोमुकिलो पात्र र हिरोइनको वरिपरि घुम्ने चरित्रमा देखिन्छन् । यसैले उनको छवि लभर ब्वाईको रुपमा बनेको छ । चरित्रमा विविधता पस्किन नसकेको आरोप खेपिरहेका उनलाई फिल्म ‘पूजार सार्की’ले भने नयाँ पहिचान दिलाउन सक्ने देखिन्छ । किनकि, यसमा उनले करिअरमै पहिलोपटक भिन्न चरित्र निर्वाह गरेका छन् । फिल्ममा … Read more