२०८१ साल वैशाख ४ गते मंगलवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान पनि हराउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् … Read more

मेघौली उपभोक्ता समितिको रजत स्तम्भ अनावरण

चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र मेघौली उपभोक्ता समिति भरतपुर २७ र २८ ले विभिन्न कार्यक्रम गरि रजत जयन्ती मनाउन शुरु गरेको छ । सोमबार भरतपुर २७ मेघौलीमा समितिले विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरि रजत जयन्ती मनाउन शुरु गरेको हो । सोमबारबाट शुरु भएको रजत जयन्ती समारोह मङ्गलबारसम्म चल्ने छ । रजत जयन्तीको अवसरमा … Read more

जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा

चितवन – जापानिज फ्रेन्चाइज रेष्टुरेन्ट याप्पारी स्टेकको दोस्रो शाखा पुरानो मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा आएको छ । २०८० साउनमा भरतपुर १० स्थित स्याउलीबजारमा पहिलो शाखा सन्चालनमा ल्याएका चितवनका कृष्ण पौडेलले दोस्रो शाखा मेडिकल कलेज रोड भरतपुरमा सन्चालनमा ल्याएका हुन् । करिव १० बर्ष जापानको याप्पारी रेष्टुरेन्टमा काम गरेका पौडेलले नेपालमै पहिलोपटक चितवनको स्याउलीबजारमा सन्चालनमा … Read more

किन निशानामा छन् सलमान ?

सुपरस्टार सलमान खानलाई पटक-पटक ज्यान मार्ने धम्की आइरहेको छ । यसैले लामो समयदेखि उनी उच्च सुरक्षाको घेरामा छन् । यसका बावजूद आइतबार बिहान (करिब ५ बजे) उनको घर (ग्यालेक्सी अपार्टमेन्ट)बाहिर मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड ‘फायरिङ’ गरेपछि यतिबेला त्यहाँको माहोल तनावग्रस्त देखिएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सलमानको घरलाई लक्षित गर्दै … Read more

‘डिग्री माइला’को दुई दिनको कमाई कति ?

नयाँ वर्ष २०८१ को साइत पारेर शुक्रबारबाट प्रदर्शनमा आएको ‘कबड्डी’ समूहको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन बक्स अफिसमा आक्रामक व्यापार गरेको छ । वितरक प्रचण्डमान श्रेष्ठले दुई दिनमा फिल्मले ३ करोड ६ लाख कमाई गरेको दाबी गरे । उनका अनुसार, पहिलो दिन (शुक्रबार) ९८ लाख र दोस्रो दिन अर्थात् नयाँ वर्ष (शनिबार) २ करोड … Read more

गाउँपालिकाको भवन र मन्दिर उद्घाटन गर्न राष्ट्रपति आज तनहुँ आउने

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आउँदै छन्। म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउन लागेका हुन्। राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए। भवन स्थानान्तरण र उद्घाटन समारोहलाई मध्यनजर … Read more

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’

काठमाडौं। नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ। नागढुँगा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले दिएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो। सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने जनाइएको छ। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ … Read more

भरतपुरमा कारकाे ठक्करबाट स्कुटरमा सवार दुई जना घाइते, कार चालक पक्राउ

चितवन:  भरतपुर महानगरपालिका–१० नारायणी नमुना मावि अगाडि आइतवार दिउँसो कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । आइतवार दिउँसो १२ः१५ बजेको समयमा बा ८ च ३६९ नम्बरको कारले बा प्र०३–००२ प ५२३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी गैडाकोट नगरपालिका–४ बस्ने … Read more

२०८१ साल वैशाख ३ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक … Read more

नागरिक ठगिएको विषयमा आवाज उठाउँदा सदन बन्द गरियोः रामहरि खतिवडा

काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले लाखौं नागरिक ठगिएको बिषयमा कांग्रेसले आवाज उठाउदा सदन बन्द गर्ने काम भएको बताएका छन्। आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले सहकारी प्रकरणमा लाखौं नागरिकलाई ठगी गर्दै अरवौ रुपैयाँ हिनामिना भएको बिषयमा कांग्रेसले सदनबाट आवाज उठाउदा सदनलाई नै बन्द गर्ने काम भएको बताएका हुन्। सत्तापक्षका नेताहरु बार्दलीमा बसेर निर्णय … Read more