गाउँपालिकाको भवन र मन्दिर उद्घाटन गर्न राष्ट्रपति आज तनहुँ आउने

चितवन:  राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आउँदै छन्। म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुरस्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउन लागेका हुन्।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।

भवन स्थानान्तरण र उद्घाटन समारोहलाई मध्यनजर गर्दै म्याग्दे गाउँपालिकाले वैशाख २ र ३ गते सार्वजनिक बिदा दिएको छ। नयाँ भवनमा कागजात, फर्निचर सहित विद्युतीय उपकरण मिलाउनुपर्ने भएकाले सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

भवन वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो।

सेयर गर्नुहोस्