भरतपुर ‘हेल्थ अब’ को रुपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री प्रचण्ड

चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनुभएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताउनु भएको हो । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, … Read more

भरतपुर भ्रमण वर्षको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्दै

चितवन: भरतपुर भ्रमण वर्ष २०२४ को आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारीक रुपमा उद्घाटन गर्दै छन् । नारायणी नदी किनारमा आज दिउँसो १ बजे भ्रमण वर्षको उद्घाटन गरिँदै छ । भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड हिजो (बिहीवार) नै चितवन आइपुगेका छन् । उद्घाटन अघि पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरी विभिन्न स्थानबाट विविध झाँकीसहितको ¥याली निकाल्ने … Read more

भरतपुरमा आज यी ठाउँबाट निस्किँदै छन् र्‍याली, उत्कृष्ट र्‍यालीलाई पुरस्कार

चितवन: आज भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन अघि भरतपुरका विभिन्न स्थानबाट विविध झाँकीसहितको र्‍याली निकालिँदै छ । भरतपुर महानगरका २९ वटै वडाले पूर्व–पश्चिम राजमार्ग केन्द्रित गरेर र्‍याली निकाल्ने छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागिएको भ्रमण वर्षको दिउँसो १ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि र्‍याली … Read more

भरतपुर भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन शिर्ष नेता चितवनमा

चितवन: औपचारीक रुपमा आजदेखि सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शिर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल बिहीवार चितवन आइपुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा … Read more

रामजानकी बालिका आश्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ (अनुष्ठान) हुने

चितवन। पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा श्रीमद्भागवत ज्ञान महायज्ञ (अनुष्ठान) हुने भएको छ । समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने उद्देश्यले अनुष्ठान गर्न लागेको आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी आश्रमले जानकारी दिएको छ । अनुष्ठान यही फागुन २० देखि २६ गतेसम्म हुनेछ । राम जानकी बालिका आश्रमले गर्न लागेको … Read more

कस्तो रहला शुक्रबार देशभरको मौसम?

काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने … Read more

२०८० साल फागुन १८ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ, तर स्वास्थ्य मापदण्डको ख्याल … Read more

राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्छः माधव नेपाल

भरतपुर। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन्। बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने बताएका हुन्। उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको धारणा राखे। उनले केहि … Read more

राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय भएको छैनः प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्ने विषयमा पार्टीभित्र लिखित निर्णय नभएको बताएका छन्। बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले माओवादीको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेपनि पार्टीले लिखित रुपमा कुनै निर्णय नगरेको बताएका हुन्। शान्ति प्रक्रिया र संविधान लेखनको प्रक्रियामा कृष्ण सिटौलाले … Read more

प्रमुख दाहालद्वारा वागीश्वरीमा पुस्तकालय उद्घाटन

भरतपुर । भरतपुर महानगरपालिका–१ वागीश्वरीमा रहेको श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा स्थापित योगी नरहरिनाथ पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ । बिहीबार एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त पुस्तकालय व्यवस्थापन एवं अनुसन्धान केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले योगी नरहरिनाथको सिद्धान्तमा मुलुक चल्न नसकेको … Read more