पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । … Read more

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ। यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र … Read more

एनपीएलः चितवन राइनोज आज कर्णाली याक्ससंग भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिनको पहिलो खेलमा आज चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । खेल विहान ११ः४५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । आज दुवै टिम प्रतियोगितामा विजयी सुरुवात गर्ने दाउमा छन् । पहिलो संस्करणमा यी दुवै टिम टप ४ मा पुगेका थिए । कर्णाली तेस्रो भयो भने … Read more

प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन

प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भव्य कार्यक्रमबीच प्रधानमन्त्री कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । … Read more

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएको छ । अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुव्र्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा सङ्गठित … Read more

अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियु अध्यक्षको जिम्मेवारी दीपक धामीले पाएका छन् । सोमबार राजधानीमा बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले यसअघि महासचिव रहेका धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यससँगै महासचिवको जिम्मेवारी भने अञ्जना शिवाकोटीले पाएकी छन् । शिवाकोटी यसअघि उपाध्यक्ष थिइन् । बैठकले सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्व चयन गरेको अनेरास्ववियुका … Read more

एनपीएल उद्घाटन खेलः काठमाडौंले फिल्डिङ गर्ने

नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । सोमबार अपारह्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेलका निम्ति भएको टस जितेर काठमाण्डूका कप्तान करण केसीले फिल्डिङको निर्णय गर्दै जनकपुरलाई ब्याटिङको निम्तो दिए । एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि, जनकपुरले … Read more

जेन-जीलाई मन्त्री पुनले भनेः तिमीहरुका सबै माग पूरा गर्न सक्दिन,आगामी निर्वाचनपछि आफ्नै सरकार बनाउ, आफैँ पूरा गर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गर्नुभयो … Read more

बंगलादेशी अदालतले सुनायो शेख हसिनालाई मृत्यदण्डको सजाय

मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई-अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । बंगलादेशी मिडिया द डेली स्टारका अनुसार त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश गरेको हो । भारतमा … Read more

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’

आज नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस ९वल्र्ड प्रिम्याचुरिटी डे० मनाउने गरिन्छ । चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू र तिनका परिवारले सामना गर्ने चुनौतीबारे सचेतना बढाउने लक्ष्य राख्दछ । … Read more