मन्त्री घिसिङसँग जापानी राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको आज भेटमा मन्त्री घिसिङलाई राजदूत तोरुले जापानकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । नेपालको आर्थिक तथा सामाजिक … Read more

मन्त्री घिसिङसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोको शिष्टाचार भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा मन्त्री घिसिङलाई राजदूत लोरेन्जाले युरोपेली सङ्घकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । नेपालको … Read more

अमेरिकाको नागरिकता लिन लिखित परीक्षा पास गर्नुपर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन प्रणालीलाई सुदृढ गर्ने अभियानअन्तर्गत अमेरिकाको नागरिकता लिन चाहनेहरूले नागरिकको लिखित परीक्षा पास गर्नुपर्ने सन् २०२० को पुरानो व्यवस्थालाई फेरि लागु गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता र अध्यागमन सेवाले यसै सिलसिलामा नागरिकशास्त्र परीक्षाको एक नयाँ संस्करणको घोषणा गरेको छ । यो नियम यसै वर्षबाट लागु हुनेछ । अमेरिकी … Read more

नेपाली युवा पुस्ताको जाँगर फेसबुकमा देखेपछि मोदीले के भने ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदर्शनपछि नेपालका युवाहरूले सडक सफा र रंगरोगन गर्न गरिरहेको मिहिनेतको प्रशंसा गरेका छन्। भारतको मणिपुरस्थित इम्फालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले हालै नेपालमा युवाहरूले देखाएको नागरिक चेतना र सकारात्मक सक्रियताको बारेमा बोलेका हुन्। ‘पछिल्ला केही दिनदेखि नेपालका युवा-युवतीहरूले सडक सफा गर्न र रंगरोगन गर्न मिहिनेत गरिरहेको देखिन्छ,’ प्रधानमन्त्री … Read more

जातीय हिंसापछि पहिलोपटक मणिपुर भ्रमण गर्दै मोदी, स्वागतका लागि राखिएको ब्यानर च्यातियो

२०२३ मा सुरु भएको जातीय हिंसापछि प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक शनिबार मणिपुर भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा उनले करिब ८५ सय करोड रुपैयाँ बराबरका विकास आयोजना उद्घाटन गर्ने कार्यक्रम रहेको समाचार संस्था पीटीआईले जनाएको छ । अधिकारीका अनुसार मोदीले चुराचाँदपुरको पिस ग्राउन्ड बाट करिब ७३०० करोडका विभिन्न आयोजना शिलान्यास गर्नेछन्। यो क्षेत्रमा कुकी समुदायको … Read more

ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो दोषी ठहर, २७ वर्षको जेल सजाय

२०२२ को चुनाव हारेपछि सत्तामा रहन कूको षड्यन्त्र रचेको आरोपमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोलाई बिहीबार त्यहाँको सर्वोच्च अदालतको बहुमतले दोषी ठहर गरेको छ । अदालतले उनलाई २७ वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ । यो फैसला उनले सिर्जना गरेको पपुलिष्ट आन्दोलनको लागि एक शक्तिशाली झट्का भएको छ । सर्वोच्च अदालतका पाँच न्यायाधीशको बहुमतले पारित गरेको … Read more

राष्ट्रियसभा बैठक स्थगित :बुधवारलाई सारियो

राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो ११५ बजेका लागि तय गरिएको थियो । विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १:१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो । रासस

सञ्चार मन्त्रालयलाई इमेल पठाउँदै सम्पर्कमा आयो ट्विटर

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ । ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा आधिकारिक पत्राचार गरिएको हो । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले ट्विटरबाट आज इमेल प्राप्त भएको पुष्टि गरे । डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ । फेसबुकबाट भने … Read more

भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्था सहनु परेको बताए। भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उन र उनजस्तै हजारौं नागरिकको पीडामा यही समयमा आएको वर्षाले नुनचुक छर्ने काम गरेको छ। पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौं गाउँलेले आफ्नो गाउँलाई ‘सरकार … Read more

अफगानिस्तानमा फेरि भूकम्प

अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी क्षेत्रमा बिहीबार राति ५.६ तीव्रताको भूकम्प गएको छ। यो पछिल्ला छ दिनभित्र आएको तेस्रो भूकम्प हो। भूकम्पको धक्का पाकिस्तानका धेरै ठाउँहरूसम्म महसुस गरिएको थियो । बीबीसीका अनुसार, बिहीबार स्थानीय समयअनुसार राति ८ः५६ बजे भूकम्प गएको हो। नंगरहार र कुनार प्रान्तमा धक्का महसुस भएपछि स्थानीय मानिसहरू आत्तिएर आफ्ना आश्रयस्थलहरूबाट बाहिर निस्किए।