पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको छ । हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक … Read more

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सहित चार जनाको मृत्यु

यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकापरिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छभने दुई बालबालिका गम्भीर घाइते भएका छन् । विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ … Read more

मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना हुँदा १९ जना घाइते

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि … Read more

नवलपुरमा तिहारमा २६ वटा सवारी दुर्घटनामा चारको मृत्यु

तिहारमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भएका विभिन्न दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । कात्तिक १ गतेदेखि कात्तिक ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार जिल्लामा भएका सवारीसाधन दुर्घटनामा परी ४८ जना घाइते भएका छन् । दुर्घटनामा … Read more

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१ छपकैया टोलका पियुसकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझको समयमा आफ्नो एकतले घरको छतमा झिलीमिली बत्ती लगाउने क्रममा वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका साहको अस्पताल … Read more

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,६ जना घाइते

धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको प्रदेश १०२००१ ख ९६०६ नम्बरको बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको भएको … Read more

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

गएराति काठमाडौँको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको काठमाडौँ … Read more

पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ११ बजे चंखेली गाउँपालिका(६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप सडकबाट ३ सय मिटर तल खसेको हुम्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा चंखेली गाउँपालिका(६ का वसन्ती बुढा, … Read more

ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना

ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ मिचिरीङमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ । आज बिहान करिब ९ः०० बजे निगुरादिनबाट फुङलिङ सदरमुकामतर्फ जाँदै गरेको मे।१।ज २५१९ नम्बरको बोलेरो गाडी सडकबाट पल्टिँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुलाई उपचारका लागि पाँचथरको फिदिम पठाउने तयारी भइरहेको बताइएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेहरूमा सिदिङवा … Read more

सडकमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको उपचारको क्रममा मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा लडिरहेको अवस्थामा फेला परेका व्यक्तिको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई चिकित्सकले ८: ४० बजे मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार आइतबार राति करिब ८:३० बजे सडकमा लडेको अवस्थामा फेला परेका ती व्यक्तिलाई अस्पताल पुर्‍याइएको थियो । अन्दाजी ३०–३५ वर्ष … Read more