विद्यार्थी बोकेको जीप दुर्घटनाः २ विद्यार्थीको मृत्यु, ९ घाइते

रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गर्दा जीप दुर्घटना हुँदा २ जना विद्यार्थीको मृत्यु भएको हो । सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो … Read more

छेकम्पारमा आगलागी हुँदा एकजना घाइते

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित लेरु गाउँमा आज आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । आगलागी हुँदा स्थानीय ५४ वर्षीय तेन्जिङवाङगेल लामा घाइते भएका स्थानीय अटु लामाले बताउनुभयो । आगलागीका कारण लामाको अनुहार, घाँटी र दुवै हात जलेको चुमनुब्री स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक प्रेम गुरुङले जानकारी दिनुभयो । “घाइतेको छेकम्पारमै प्राथमिक उपचार भइरहेको … Read more

ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा निजको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना … Read more

लौकहीमा गोली लागेर एक जनाको मृत्यु

कोसी गाउँपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो । उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् । रासस

चितवनको टिकौलीमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

मोटरसाइकल आफैं अनियन्त्रित भइ पल्टिँदा चितवनमा एक जनाको मृत्यु भएको छ । गएराति पौने तीन बजेतिर भरतपुरबाट पूर्व टाँडीतर्फ जाँदै गरेको बा प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–९ टिकौली पूर्व-पश्चिम राजमार्गमा पल्टेको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका माडी नगरपालिका–१ गर्दीका २० वर्षीय तुशल महतोको उपचारका क्रममा निधन भएको चितवन … Read more

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका कार्यालय सहयोगीको मृत्यु भएको छ । सुदामा ब्यारेजमा मप्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका–१ खैर्वा निवासी ४० वर्षीय सञ्जय यादवको मृत्यु भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । स्थानीयले आज बिहान मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा र यादवलाई मृतावस्थामा देखेपछि प्रहरीलाई … Read more

दमकमा मोटरसाइकल दुर्घटनापरि चालकको मृत्यु

दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ … Read more

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल … Read more

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित … Read more

काभ्रेमा बसले ठक्कर दिँदा वृद्धको मृत्यु

काभ्रेमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको अरनिको सुपर एक्सप्रेस बसले नमोबुद्ध–२ पातलेगाँउमा बिहान साढे नौ बजेतिर बसले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६८ वर्षीय पोस्टबहादुर कटुवालको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन्। स्थानीयको बिरोधपछि … Read more