१४ जना यात्रु सवार रहेको ईभी गाडी दुर्घटना हुदाँ ३ जना यात्रु गम्भीर घाइते

बुटवलबाट गुल्मीको मुसीकोटतर्फ जाँदै गरेको १४ जना यात्रु सवार रहेको ईभी गाडी पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा दुर्घटनामा परेको छ। पाल्पा प्रहरीका अनुसार सडकबाट ५० मिटर तल गाडी खस्दा ३ जना यात्रु गम्भीर घाइते भएका छन् भने अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि रिडी लगिएको छ। दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे … Read more

छतबाट खस्दा एक पुरुषको मृत्यु

विराटनगरमा छतबाट खस्दा एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११, मा घरको छतबाट खस्दा एक जना पुरुषको मृतयु भएको हो । हिजो (मंगलबार) राति ११ः४५ बजेतिर ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल आफ्नै तीनतले घरको छतबाट खसेका थिए । गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । … Read more

अपहरणपछि किशोरको हत्या

यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । … Read more

तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै आज दिउँसो तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन् । चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना६ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडाँैबाट बारातर्फ आउँदै गरेको ना७ख १७७४ नम्बरको … Read more

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते

धादिङमा बस र टिपर ठोकिँदा ६ जना घाइते भएका छन् । धादिङको थाक्रे गाउँपालिका २ बाह्र किलो भन्ने ठाउँमा आज बिहान बस र टिपर आपसमा ठोकिँदा ६ जना घाइते भएका हुन्। भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपरआपसमा ठोक्किएका … Read more

भारतमा गाडी दुर्घटना हुँदा एकै परिवारका तीनसहित ४ नेपालीको मृत्यु

भारतमा गाडी दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु भएको छ । भारतको हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका(४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश … Read more

दमौलीमा सवारी दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ आइरहेको स्कुटर र विपरीत दिशाबाट आइरहेको स्कुटर एकापसमा ठोक्किँदा म्याग्दे गाउँपालिका–७ का ३२ वर्षीय विजय थापाको मृत्यु भएको हो । गम्भीर घाइते … Read more

अटोरिक्सा दुर्घटना हुदाँ एक बालिकाको मृत्यु, दुईजना बेपत्ता

दार्चुलामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका–५ शौकेबगरमा अटोरिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा ११ वर्षीया अरुणा धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । उक्त दुर्घटनामा अन्य दुईजना बेपत्ता भएका उहाँले बताउनुभयो । होपरीगाडबाट धुलिगडातर्फ गइरहेको … Read more

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

दाङमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आज बिहान ६ः०० बजे आसपासमा चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना८ख ८२५९ नम्बरको टिपर र प्यूठानबाट चन्द्रौटा जाँदै गरेको लु३९प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्यूठानको ऐरावती … Read more

विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ घाइते

बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो । हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया … Read more