बाढीले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो । लोकमार्ग … Read more

बैतडीमा पहिरोले एक पसलमा क्षति, आठ घर जोखिममा, सडक अवरुद्ध

लगातारको वर्षाका कारण बैतडीका विभिन्न स्थानका भौतिक संरचनामा क्षति पुगेको छ । निरन्तरको वर्षा पछि आएको पहिरोका कारण जिल्लाको पाटन नगरपालिका–४ भट्टागाउँका धर्मानन्द भट्टको दुईतले पसल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार पसल भत्किँदाभित्र रहेका खाद्यान्न र किराना सामान गरी रु एकलाख बढीको क्षति भएको … Read more

बाढीमा बगेर दुई युवकको मृत्यु

दुई दिनअघि सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज फेला परेको छ । प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो । गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका … Read more

बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो । कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसक्नुभएको छ । … Read more

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ … Read more

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो । आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो । रातिदेखि अवरुद्ध लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला गाउँपालिका–४ का वडा अध्यक्ष टीकानिधि पौडेलले … Read more

मन्थली (रामेछाप), भदौ ४

लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले राससलाई जानकारी दिनुभयो । यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताउनुभएको छ । रासस

अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो । पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ … Read more

बाढीपहिरो क्षतिः काभ्रेमा छजना बेपत्ता, ७८ को मृत्यु

काभ्रेपलाञ्चोक गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । बाढीपहिरोमा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ का ३ र ६ वर्षीया दुई बालिका प्रिया तामाङ र … Read more

काठमाडौं उपत्यकाका ३ जिल्ला बाढी र डुवानबाट ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौं अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । त्यस्तै ललितपुरमा १६ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । भक्तपुरमा ५ जनाको मृत्यु भएको … Read more