उद्धार सकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन

सौर्य एअरलाइन्सको विमान दुर्घटना भएपछि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।दुर्घटनाका कारण आकाशमै होल्ड रहेका हिमालयन एअरलाइन्स, थाई एअरवेज र भूटान एअरलाइन्सका जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय उडान पनि प्रक्रियामा रहेको विमानस्थल कार्यालयले जनाएको छ।त्यस्तै, आन्तरिक उडान र अवतरण पनि हुन थालेका छन्। उद्धार कार्य सकिएसँगै विमानस्थल सञ्चालनमा आएको हो। … Read more

महिला तथा पुरुष विश्वकप छनोट प्रतियोगितामा परिवर्तन: विश्वकपमा पुग्न नेपाललाई केही सहज

काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आईसीसीले गरेको पछिल्लो निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने भएको छ । बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ । जसअनुसार … Read more

नेपाललाई भारतले आगामी आर्थिक वर्षमा ७ सय करोड भारु अनुदान दिने

काठमाडौँ / भारतको वित्त वर्ष २०२४/२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन्। भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३/२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो । त्यसअघि वित्त वर्ष २०२२/२३ मा भारतले भारु … Read more

रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी

काठमाडौँ ।  नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्याङ्क रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागले जनाएको हो ।नेपालमा सञ्चालन भएका … Read more

पर्यटन व्यापारमा श्रीलंकाको उल्लेखनीय सुधार

एजेन्सी । सन् २०२४ को जुलाई मध्यसम्ममा श्रीलङ्कामा १० लाख बढी पर्यटक घुम्न पुगेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) का अनुसार जुलाई १८ सम्ममा १ मिलियन बढी अर्थात् १० लाख १९ हजार ६४२ विदेशी पर्यटक श्रीलङ्का भित्रिएका हुन् । जुलाईको पहिलो साता ४३ हजार ८३ पर्यटक श्रीलङ्का भित्रिएकामा दोस्रो साता ४२ हजार ३ … Read more

शर्माको सफलता- अष्ट्रेलिया पुगेर सुरु गरेको ‘ट्वाइलेट’ सफा गर्ने व्यवसाय नेपालमा पनि विस्तार

काठमाडौं । केही वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर चर्चा बटुलेका खेमनाथ शर्मा खेम्स क्लिनिकका सञ्चालक तथा बुढानीकण्ठस्थितस्थित डेक्काइडो ओन्सेन (डेक्काइडो फार्म हाउस)का प्रबन्ध निर्देशक हुन् । तनहुँमा जन्मिएर चितवन भरतपुरबाट एसएलसी उत्रिण गरेपछि राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट प्रविणता प्रमाणपत्र पास गरेका उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००८ मा अष्ट्रेलिया पुगे । अष्ट्रेलियामा शर्माले अडभ्यान्स्ट … Read more

अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, ह्यारिसलाई समर्थन

वासिङ्टन (संयुक्त राज्य अमेरिका),  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको छ । उहाँले आफ्नो ठाउँमा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारका रूपमा उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत महिनाको अन्त्यमा  बहस प्रदर्शनपछि चुनावमा आफ्नो व्यFवहारिकताको बारेमा बढ्दो सङ्ख्यामा डेमाक्र्याटहरूले चिन्ता व्यक्त गरेपछि राष्ट्रपतिको … Read more

कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा जीववैज्ञानिकलाई २४९ बर्षको सजाय

अस्ट्रेलियामा जीववैज्ञानिक विशेषज्ञ एडम ब्रिटनलाई कुकुरहरुलाई बलात्कार गरी मारेको अभियोगमा २४९ वर्षको जेल सजाय सुनाइएको छ । ५२ वर्षीय एडम गोही विशेषज्ञ हुन् । गत वर्ष, उनले पशु क्रूरतासँग सम्बन्धित टण् आरोप स्वीकार गरेका थिए । अष्ट्रेलियाली मिडिया एबीसीको रिपोर्ट अनुसार एडम बेलायती नागरिक हुन् । उनी अस्ट्रेलियाको डार्विनमा रहेको आफ्नो घरमा कुकुरलाई यातना दिने … Read more

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

काबुल(अफगानीस्तान),पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङख््य ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताउनु भयो । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले … Read more

सिमलताल पहिरोमा परेका १५ जनाको शव भेटियो, ७ जनाको सनाखत हुन बाँकी

चितवन– नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी बेपत्ता भएका २ वटा बसमा रहेका ६५ यात्रुमध्ये हालसम्म १५ जनाको शव फेला परेको छ। मंगलबार बिहान साढे ९ बजेसम्म १५ मध्ये ८ जनाको सनाखत भएको सीडीओ कार्यालय चितवनले जनाएको छ। सीडीओ इन्द्रदेव यादवका अनुसार दुर्घटनामा बेपत्ता भएका ९ भारतीय मध्ये ३ जनाको मृत्यु भएको छ। … Read more