भारतको नयाँ कानुन : विवाहको आश्वासन दिएर धोका दिए १० वर्ष जेल

भारतमा आज अर्थात् जुलाई १ देखि भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण संहिता गरी तीनवटा फौजदारी कानुन लागू भएको छ ।यो विधेयक गत वर्ष संसद्का दुवै सदनबाट आवाजले पारित भएको थियो । दुवै सदनबाट यो विधेयक पारित हुँदा पाँच घण्टा मात्रै बहस भएको थियो र यही बेला १४० भन्दा बढी विपक्षी … Read more

नाइजेरियामा बम विस्फोट हुँदा १८ को मृत्यु, ४८ घाइते

बोर्नो– नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् ।घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाकोे आपतकालीन सेवालाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको हो । स्थानीय राज्य आपतकालीन व्यवस्थापन निकाय (सेमा) का प्रमुखले सन्दिग्ध आत्मघाती आक्रमणकारीले विस्फोट गराएको … Read more

रोहित बने दुईवटा टी–२० विश्वकप जित्ने भारतका एक मात्र खेलाडी

कप्तान रोहित शर्मा दुईवटा टी–२० विश्वकप जित्ने भारतका पहिलो र एक मात्र खेलाडी बनेका छन् ।शनिवार राति बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएर उपाधि जितेसँगै उनले यो कीर्तिमान बनाएका हुन् । सन् २००७ मा भारतले पहिलो विश्वकप जित्दा रोहित सबैभन्दा कान्छा सदस्य थिए । अहिले उनी टोलीका सबैभन्दा जेठा सदस्य रहेका छन् । … Read more

रूससँगको युद्ध अन्त्य गर्न ‘व्यापक योजना’ को मस्यौदा तयार पार्दै युक्रेनी राष्ट्रपति

काठमाडौँ,  : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘व्यापक योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ । “विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ,” युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले यो कूटनीतिक … Read more

चीनको सीमा नजिक लद्दाखमा बाढी आउँदा ५ जना भारतीय सैनिकको ज्यान गयो

भारतको केन्द्र शासित प्रदेश लद्दाखमा ‘एलएसी’ अर्थात् वास्तविक नियन्त्रण रेखा नजिक नदीमा अचानक बाढी आउँदा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ । लद्दाख नजिक दौलत बेग ओल्डी क्षेत्रमा बाढी आउँदा पाँच जना सैनिकको डुबेर ज्यान गएको सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दै गर्दा आज … Read more

युक्रेनी ड्रोन आक्रमणपछि रूसी तेल डिपोमा आगलागी

एजेन्सी – युक्रेनी ड्रोनले शुक्रबार बिहान पेट्रोल डिपोमा प्रहार गरी आगो लगाएको रूसी क्षेत्रीय गभर्नरले बताएका छन् । उनले यो आक्रमण सीमाबाट सयौँ माइल टाढा भएको उल्लेख गरे ।आक्रमण बिहान ४ः३५ मा भएको र आगलागी नियन्त्रणमा लिइएको तथा मानवीय क्षती नभएको रूसको टाम्बोभ क्षेत्रका गभर्नर म्याक्सिम येगोरोभले टेलिग्राममार्फत जारी सन्देशमा उल्लेख गरेका छन् । यसैबीच, रुसको रक्षा मन्त्रालयले ताम्बोभ क्षेत्रको उल्लेख नगरी गत राति २५ युक्रेनी … Read more

दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो । जसमा केही मानिस पुरिएका … Read more

यी हुन् युरो–२०२४ को अन्तिम–१६ मा पुगेका टिम

काठमाडौं । जर्मनीमा जारी युरो–२०२४ को प्रि–क्वार्टरफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा बुधबार समूह चरणअन्तर्गतका अन्तिम खेलहरू भएका थिए । जसबाट समूह ‘इ’ र ‘एफ’ का तीन टोलीको टुंगो लागेको हो । प्रतियोगिताको समूह ‘ए’ बाट घरेलु टिम जर्मनी र स्वीट्जरल्यान्ड्ले अन्तिम–१६ को यात्रा तय गरे । समूह ‘बी’ बाट स्पेन शीर्ष र साविक … Read more

पाकिस्तानमा गर्मीका कारण ६ दिनमा ५६८ जनाको मृत्यु

काठमाडौं । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा गर्मीबाट ५०० भन्दा बढीको ज्यान गएको छ । जसमा सबैभन्दा धेरै दक्षिणी क्षेत्रका जनता प्रभावित भएका छन् । ईधी एम्बुलेन्स सेवाका अनुसार कराँची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर, पछिल्ला ६ दिनमा उनीहरूले करिब ५ सय … Read more

चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु … Read more