पैसा छैन भन्दै रतन टाटाले अमिताभ बच्चनसँग सापटी मागेपछि…

नयाँ दिल्ली, कात्तिक १३- बलिउडका महानायक अमिताभ बच्चनले हालै ‘कौन बनेगा करोडपति १६’को सेटमा स्वर्गीय दिग्गज भारतीय व्यापारी रतन टाटासँग बिताएका पललाई सम्झिएका छन् । टाटाले एक पटक आफूसँग बिना कुनै हिचकिचाहट पैसा सापटी मागेको उनले बताएका हुन् । बोमन इरानी र फराह खानको अगाडि टाटासँगको यो किस्सा उनले सुनाएका थिए । अक्टोबर ९ मा … Read more

केरलामा पटाका पड्काउँदा १५० जना घाइते, ८ को अवस्था गम्भीर

काठमाडौँ,कात्तिक १३- भारतीय राज्य केरलाको कासारगोडस्थित अञ्जुथम्बलम मन्दिरमा पटाका पड्काउँदा १५० जना घाइते भएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति भएको यस दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्। मन्दिरमा आतिशबाजी गर्ने क्रममा यो दुर्घटना भएको हो। घाइतेहरूलाई कासारगोड, कन्नुर र मङ्गलुरुका विभिन्न अस्पतालमा लगिएको छ। कासारगोडका कांग्रेस सांसद राजमोहन उन्निथनले भनेका छन्, ‘कासारगोडबाट … Read more

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो

मनिला – फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्। आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो। राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच … Read more

तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

वासिङ्टन, कात्तिक १० गते संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ ।“हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्”, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भन्नुभयो । इजरायली सेनाले शनिबार … Read more

अफगान महिला र बालिकाको अवस्थाप्रति समिति चिन्तित

काठमाडौँ, कात्तिक १०- अफगानिस्तानका महिला तथा बालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै महिला विभेद उन्मुलनसम्बन्धी राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यू) ले उनीहरुको शिक्षा, रोजगारी, आवागमन, सार्वजनिकस्थलमा उपस्थितिलगायत आधारभूत मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ । सिइडिएडब्ल्यूका सदस्य एवं अफगानिस्तान मामिला प्रमुख बन्दना राणाले शुक्रबार जेनेभास्थित राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को प्रधान कार्यालयमा भएको बैठकमा महिला हकअधिकारका सम्बन्धमा सिइडिएडब्ल्यू … Read more

इरानमाथिको आक्रमण समाप्त भएको इजरायलको घोषणा

काठमाडौँ इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ ।सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ । यसअघि इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो। इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा … Read more

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न संयुक्त राष्ट्रका महासचिव गुटेरेसको आह्वान

काठमाडौँ संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाको लागि आग्रह गरेका छन्। अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई उनले जोड दिए। इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयू मुख्यालयमा भएको सम्मेलनको नतिजाबारे अफ्रिकी युनियन (आयोग)का अध्यक्ष मौसा फकी महामतसँगको संयुक्त ब्रिफिङमा गुटेर्रेसले अफ्रिकाले इतिहासमा गहिरो जरा गाडेका … Read more

नसरल्लाहका भाइ र उत्तराधिकारी हशिम सफिइद्दिनको पनि इसराइलले गर्‍यो हत्या

इसराइलले हिजबुल्लाहका वरिष्ठ नेता हशिम सफिइद्दिनलाई पनि मारिसकेको पुष्टि गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै इसराइलले सेप्टेम्बर २७ मा हसन नसरल्लाह मारिएपछि प्रमुख हुने ठानिएका सफिइद्दिनलाई तीन हप्ता अघिको हमलामा मारिसकेको बताएको छ। नसरल्लाहलाई मार्न भन्दा ठूलो विस्फोट गराएको सो हमलामा सफिइद्दिन, सो समूहको गुप्तचर शाखाका प्रमुख अलि हुसेन हजिमा लगायत २५ जना हिजबुल्लाह नेता र … Read more

२४ घन्टामा भारतीय एयरलाइन्सका ७९ वटा जहाजमा बम रहेको झुटो सूचना

काठमाडौं, कात्तिक ७- भारतीय अखबार इन्डिया टुडेकाअनुसार सोमबारदेखि मंगलबारसम्मको २४ घन्टाको अवधिमा भारतका विभिन्न एयरलाइन्सका ७९ जहाजहरूमा बम भएको सूचना दिइएको थियो।बम रहेको सूचना अधिकांश अन्तर्राष्ट्रिय उडानका जहाजहरूमा पठाइएको र आन्तरिक उडानतर्फका जहाजहरूमा पनि बम रहेको सूचना प्रवाह भएको थियो। इन्डिगो एयरका २३ जहाज, भिस्ताराका अरू २१ वटा जहाज, अकासाका १२ र एयर इन्डियाका २३ … Read more

लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु

बेरूत (लेबनान), कात्तिक ६ गते ।  लेबनानको स्वास्थ्य मन्त्रालयले मङ्गलबार दक्षिण बेरुत अस्पताल नजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जनाएको छ ।लेबनानको सबैभन्दा ठुलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) … Read more