माइक्रो बस दुर्घटना अपडेटः चितवनकी एक महिलाको मृत्यु

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा आज माइक्रो बस दुर्घटनाका एक घाइतेको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–१६ निवासी ५५ वर्षीया बुधमाया तामाङ रहेकी छन् । दुर्घटनामा परी टाउकामा गम्भीर चोट लागेकी ती महिलाको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । चितवनबाट लमजुङतर्फ … Read more

थारू कवि भजुमनराम महतोको कृति ‘कविता माला दिउवा’ लोकार्पण

थारू समुदायको समृद्ध सांस्कृतिक र साहित्यिक धरोहरलाई नयाँ ऊँचाइमा पु¥याउने उद्देश्यका साथ अग्रज लेखक एवम् कवि भजुमनराम महतो कृति थारू भाषाको कविता सङ्ग्रह ‘कविता माला दिउवा’ एक भव्य समारोहका बीच लोकार्पण गरिएको छ । भरतपुरमा भएको कार्यक्रममा प्रमुख अतिथि थारू लेखक संघका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ थारू साहित्यकार कृष्णराज सर्वहारीले कृतिको लोकार्पण गर्नु भएको हो … Read more

आगामी पुसमा बाघ गणना गरिने

आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज … Read more

चितवनका १५ वटा लायन्स/लियो क्लवको संयुक्त पदस्थापन

नारायणगढ लायन्स क्लवलगायत १२ वटा लायन्स र ३ वटा लियो क्लवको आज (सोमबार) चार्टर क्लव सार्वजनिक, पदस्थापन तथा संयुक्त पदभार ग्रहण समारोह सम्पन्न भएको छ । नारायणघाटमा भएको भव्य समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपाल, क्लस्टर ४ रिजन १३, १४ र १६ अन्तरगतका १२ लायन्स क्लव र ३ वटा लियो क्लवको संयुक्त कार्यक्रम गरिएको … Read more

बिआइटिएम अध्ययन गर्न चाहानेका लागि भोलि सेन्ट्रल मोडेल कलेजमा ग्राण्ड एडमिशन डे,एकैदिन लाखौंको छात्रबृत्ति प्रदान गर्ने

सेन्ट्रल मोडेल कलेज भरतपुरले बिआइटिएम (व्याजलर इन इन्फरमेशन टेक्नोलोजी म्यानेजमेन्ट) कार्यक्रममा ६६ लाख रुपैंया सम्मको छात्रबृत्ति एकैदिन प्रदान गर्ने भएको छ । कलेजले छात्रबृत्ति प्रदान गर्नका लागि असोज ३१ गते (अक्टोबर १७) मा ग्राण्ड एडमिशन डे को आयोजना गरेको छ । स्थापनाको बर्षमै उत्कृष्ट नतिजा दिन सफल कलेजले बिआइटिएम कार्यक्रमका लागि सय प्रतिशतसम्म तिहार बिशेष … Read more

माडीमा प्रहरीद्धारा मर्दनियालाई कुटपिट प्रकणः संलग्न प्रहरीलाई कारवाही गरिदै

गत असोज २२ गते राति माडी नगरपालिका–२ का कालुराम मर्दनियालाई घरमै पुगेर प्रहरीको एउटा समूहले कुटपिट गरेपछि घटनामा संलग्नहरुलाई कारवाहीको दायरमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय भरतपुरमा बुधबार माडी नगरपालिकाका मेयर, उपमेयर, थारु कल्याणकारिणी सभाका जिल्ला तथा क्षेत्रीय सभापतिसहित स्थानीय जनप्रतिनिधि र अगुवाहरुसहितको छलफलमा घटनामा संलग्न प्रहरीहरुलाई कारवाहीको दायरमा ल्याउन लागिएको जानकारी गराईएको … Read more

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा कार्की चयन

अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा इन्जिनियर सुशिल कार्की (अब्दुल) चयन भएका छन् । जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनबाट इन्जिनियर कार्कीलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक बहादुर गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्दान्त मगर र सह–सचिवहरूमा अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त … Read more

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दूध आउन थालेपछि सञ्चालन ल्याइएको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । … Read more

चितवनमा थपिए ९५० नयाँ मतदाता

निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो । कार्यालयका … Read more

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसायी

कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न भागमा लेयर्स कुखुरा पाल्दै आएका थिए । अहिले यो सङ्ख्या ६०० हाराहारीमा झरेको व्यवसायी बताउँछन् । नेपाल अण्डा उत्पादक … Read more