चितवनमा दिपलको नयाँ शोरूम, बिक्रीवितरण सुरू

नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीको बिक्रीवितरण सुरू गरेको छ । एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलीप थनेत र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियालगायतले संयुक्तरुपमा दिपल एस०७एल र दिपल ई०७ सार्वजनिक गरेका हुन् । दिपल इभी सार्वजनिक गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष श्रेष्ठले … Read more

नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट चितवन ।

नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरको आयोजनामा नारायणगढको क्याम्पा चौरमा आजदेखि ‘बाह्रसिंगे मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ हुँदै छ । फुड फेस्टिभलको तयारी लगभग सकिएको आयोजकले बताएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज (शुक्रबार) बिहान ११ बजे एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा हुन लागेको … Read more

रविले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार: मुकुल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लमिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको डा. मुकुल ढकालले बताएका छन्। उनले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको समेत बताएका हुन्। आइतबार सामाजिक सञ्जाल फेसबूकमा त्यो समयको राजनीतिक गतिविधिबारे खुलाएर लामो स्टाटस लेख्दै ढकालले नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री … Read more

माडीमा गैंडाको आक्रमणबाट भैंसी चराउन गएका व्यक्ति घाइते

माडी नगरपालिका–१ वनकट्टामा गैंडाको आक्रमणबाट काँस घारीमा भैंसी चराउन गएका एक व्यक्ति घाइते भएका छन् । सोमबार बिहान साढे ११ बजेको समयमा भैंसी चराउने क्रममा स्थानीय ६८ वर्षीय मंगले बोटलाई गैंडाले आक्रमण गरेको हो । गैंडाको आक्रमणबाट घाइते भएका बोटको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको ढाड र पेटमा चोट लागेको छ भने … Read more

७ करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

नवलपरासी, फागुन १०- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताउनुभयो । उहाँ भन्नुभयो,“सटर … Read more

चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना,यस्तो छ ट्राफिक प्रहरीको तथ्याङक

चितवन, फागुन ११- जिल्लामा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख … Read more

लाइसियममा ‘म पुस्तक पढ्छु’ कार्यक्रमको प्रस्तुति

चितवन, फागुन १०- रत्ननगरस्थित लाइसियम स्कुलमा “म पुस्तक पढ्छु” कार्यक्रमको दोस्रो चरणको प्रस्तुति सम्पन्न भएको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यमा कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखा संगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र … Read more

प्रजातन्त्र दिवसको अवसरमा देवघाटका बालिकालाई भोजन

नारायणगढ (चितवन), फागुन ७- स्वतन्त्रता सेनानी स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा ३५ जना अनाथ बालिकालाई भोजन गराइएको छ ।प्रजातन्त्र दिवसको अवसरमा आज भरतपुर महानगरपालिका–१ देवघाट चितवनमा रहेको श्रीरामजानकी आश्रमका ३५ जना बालिकालाई भोजन गराइएको हो । तिलक सापकोटा प्रतिष्ठान नेपाल गैँडाकोट–८ नवलपुरको आयोजनामा आश्रमका आश्रित बालिकाहरूलाई मिष्ठान्न भोजन खुवाइएको हो । सो अवसरमा स्व सापकोटाकी धर्मपत्नी … Read more

चितवनका पत्रकार भूपराज पाठकको निधन

चितवन, फागुन ७- चितवनका पत्रकार भूपराज पाठकको निधन भएको छ । माडी–४, सिम्रहनीका पत्रकार पाठकको बुधबार बिहान उपचारको क्रममा भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्रममा निधन भएको हो । पाठकलाई २१ मंसिरमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको थियो । त्यसलगत्तै थप उपचारका लागि भारतको राजीव गान्धी अस्पताल लगिएको थियो । … Read more

नारायणगढ–मुग्लिन सडकका सबै पुल नयाँ बने

चितवन, फागुन ६- सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन् । सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए । पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का … Read more