नगरप्रहरीले कोटिहोमको भूमिपूजा रोक्न खोज्दा पोखरामा झडप, केही घाइते

पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको छ। पोखरा महानगरपालिकाले अनुमति नलिई भूमिपूजन गर्न नपाउने अडान लिएपछि उत्पन्न तनाव झडपमा परिणत भएको हो। भूमिपूजन रोक्न महानगरको अनुरोधमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति जटिल बनेको हो । यस घटनामा दुवै पक्षका केही व्यक्ति घाइते भएका छन्। मानव सेवा … Read more

काठमाडौं महानगरले गुरागाईलाई हाजिर नगराउने, कानुन नै सच्याउन मन्त्रालयमा पत्राचार

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा रही कार्यसम्पादनका क्रममा त्रुटिपूर्ण कार्य गरेको आरोप लागेपछि महानगरपालिकाबाटै अनुसन्धानको दायरामा तानिएका सरोजप्रसाद गुरागाईंलाई महानगरपालिकाले सोही पदमा रही काम गर्न नदिने भएको छ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गुरागाईलाई कार्यालयमा हाजिर भइ कार्यसम्पादनका लागि सहजीकरण गरिदिन सामान्य प्रशासन मन्त्रालयले लेखेको पत्रको जवाफमा महानगरपालिकाले उनलाई हाजिर भइ काम गर्न … Read more

डा. संगीता भन्छिन् : ममाथि अन्याय भयो, स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्छ

स्वास्थ्य सचिव बढुवामा नपरेपछि डा. संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन् । बुधबार मन्त्रिपरिषद्को बैठकले अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई सचिवमा नियुक्ति गरेको छ लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका पहिलो नम्बरमा डा. संगिता मिश्र र विकास देवकोटा र डा. टंक … Read more

देउवा भन्छन्- कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् । बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।   कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनले बताए । … Read more

नारी दिवसमा बेटर चितवनले भरतपुरमा नारी उत्सव गर्दै,तयारी तिब्र

बेटर चितवनले अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम गरी उत्सवका साथ मनाउने भएको छ।विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नारी दिवसको अवसरमा हुन लागेको ‘ वाओ ओमेन फेष्ट २०२५ ‘ को तयारी तिव्र छ। बेटर चितवनको आयोजना तथा सामरी उत्थान सेवाको सह आयोजनामा हुन लागेको १० औँ संस्करणको नारी उत्सव कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको … Read more

जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि … Read more

गौर राइस मिलको जग्गा प्रकरण: दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

गौर राइस मिलको जग्गा भू-माफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाईएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्। गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राइस मिलको जग्गा भू(माफियाले बिक्री … Read more

ललितपुर महानगरमा प्रभात मा. वि. प्रथम

फागुन १५ , काठमाडौँ नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले आयोजना गरेको महानगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रभात मा. वि. प्रथम भएको छ। महानगरको ओमेगा माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा  २३ विद्यालयका २३ प्रतिस्पर्धिको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रभात माध्यमिक विद्यालयका कक्षा नौमा अध्यायनरत कृष्ण साह तेलिले प्रथम स्थान हासिल गरेका हुन् । वालकुमारी मा.वि.का सबिना … Read more

ओलीको ‘गल्ती’ अदालतले सच्याए देश नै अस्थिरतामा धकेलिने खतरा

काठमाडौं। तत्कालीन र अहिलेका समेत प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदलाई छलेर आफूले चाहेअनुसार शासन चलाउन गरेको महत्वकांक्षाले अहिले देश नै अस्थिरतामा धकेलिने स्थिति सृजना भएको छ। कानुन निर्माण र अनुमोदन गर्ने तथा संवैधानिक निकायमा नियुक्त पदाधिकारीको संसदीय सुनुवाई छल्न असंवैधानिक रुपमा ओलीले प्रतिनिधि सभा विघटन गर्दाको परिणाम अहिले मुलुकले भोग्नुपर्ने अवस्था आउन सक्ने देखिएको … Read more

संविधान र जनाधिकार रक्षामा लागिरहने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ, फागुन १- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यता र जनाधिकार रक्षा गर्न निरन्तर सङ्घर्ष गरिरहने बताउनुभएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ फागुन १ गतेदेखि सञ्चालित सशस्त्र सङ्घर्षको ३० औँ वर्ष प्रवेशका सन्दर्भमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले संविधानको अग्रगामी … Read more