‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताउनुभएको छ । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता … Read more

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी दिए … Read more

आगामी आर्थिक बर्षका लागि बजेट लेखन समिति गठन

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन्। सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्। बजेट लेखन समितिको … Read more

ट्रम्पलाई बालेनको जवाफ- हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद

काठमाडौँ,फागुन ९- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ फर्काएका छन् । नेपाललाई दिएको अनुदानलाई लिएर ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उनले अमेरिकी नागरिक अल्छी भएको बताएका छन् । उनले भनेका छन्– प्रिय डोनाल्ड जे ट्रम्प, हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराउनु भएकोमा धन्यवाद। हामी गरिब छौँ किनभने … Read more

पार्टी सभापतिसँग मतभेद छैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापतिसंग आफ्नो कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सभापतिसंगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको बताएका हुन् । उनले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको उल्लेख … Read more

करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

काठमाडौँ, मङ्सिर ८ गते ।  काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो । गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्वलक्षित अनुगमनमा चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको कामपाले जनाएको … Read more

ऊर्जामन्त्री खड्का र विश्व खाद्य सङ्गठनका प्रतिनिधिबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर ४ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य सङ्गठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा मङ्गलबार भएको भेटमा जलवायु परिवर्तनसँगै बढ्दै गएको खाद्य तथा जल सङ्कटका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले सन् १९७७ देखि एफएओले नेपालको दिगो कृषि विकास, खाद्य सुरक्षा … Read more

एन्टिबायोटिकको दुरुपयोग रोक्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, मंसिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ । विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । साथै प्रधानमन्त्री ओलीले प्रतिजैविक प्रतिरोधको बारेमा आफू र आफ्नो … Read more

राष्ट्र बैंकले ३७ अर्ब २२ करोड ३८ लाख सरकारलाई बुझाउने

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ। केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो। गत कात्तिक २९ गते बैंकको सञ्चालक … Read more

‘दुर्घटना न्यूनीकरणका लागि संवेदनशील भएर लाग्नुहोस्’

काठमाडौँ, मङ्सिर २ गते ।  गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकायलाई संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्बन्धमा आयोजित छलफलमा उहाँले यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानुनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र … Read more