चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

काठमाडौं , फागुन १९ – फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ । एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । न्युज बैंक … Read more

भरतपुर–१ मा मिना खरेलको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन

चितवन – निर्वाचन नजिकिए संगै चुनावी उमेदवारहरुको प्रचार प्रसार कार्यक्रम पनि तिव्र रुपमा भैरहेको छ। नेपालकै चर्चाको केन्द्र बनेको चितवन २ मा पनि आगामी निर्वाचनको तयारीसँगै नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलको प्रचार अभियान पनि निकै सशक्त र प्रभावशाली बनेको छ। आज भरतपुर १ मा भएको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। मिना खरेलको पक्षमा बढ्दो समर्थन … Read more

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् । विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलोपटक कार्यालय प्रवेश गरेका महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयह बैठकमा प्रवेश गर्नुअघि महामन्त्री पौडेलले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विशेष महाधिवेशनबाट नयाँ कांग्रेस बनेको बताए … Read more

महिला र बालबालिका हराउने क्रम बढ्दो, ५२ को अवस्था अज्ञात

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी … Read more

तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन

यहाँस्थित बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो । विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिनुुभयो … Read more

एसईई प्रवेशपत्र लिन कालिमाटीबाट स्कुल हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल भारत सीमामा फेला

एसईईको प्रवेशपत्र लिन भन्दै काठमाडौं कालिमाटीस्थित डेराबाट मंगलबार बिहान हिँडेका २ किशोरी वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलमा फेला परेका छन् । १७ र १८ वर्षीया सुनिता र राधा (नाम परिवर्तन) लाई वीरगन्जस्थित नेपाल-भारत सीमामा रहेको मितेरी पुलबाट मंगलबार साँझ ७ बजे भारतीय सुरक्षा फौज एसएसबीका जवानले फेला पारेका थिए । भारतीय किशोरसँग प्रेम सम्बन्ध रहेको र … Read more

वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ। सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ६४ … Read more

परराष्ट्रमन्त्री राणाद्वारा लुम्बिनी भ्रमण

लुम्बिनी: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ । उहाँलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गर्नुभयो । मन्त्री राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ तथा पुष्पकरणी पोखरीका बारेमा जानकारी लिनुभयो । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषले गरेका काम र विकासका बारेमा उहाँलाई जानकारी दिनुभएको थियो … Read more

प्रकृतिलाई न्याय दिलाउँछौं : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाएकी छन्। प्रकृतिको मृत्युपछि शोकमा रहेका उनका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री राणा र गृहमन्त्री रमेश लेखकले सो विश्वास दिलाएका हुन्। मन्त्री राणाले प्रकृतिका बुबाआमा र आफन्तजनलाई उनको मृत्युको … Read more

आगामी आर्थिक बर्षका लागि बजेट लेखन समिति गठन

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ। समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन्। सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन्। बजेट लेखन समितिको … Read more