लोकतन्त्र सुशासन र समुन्नति

हिजोआज अमेरिकी राजनीतिक एवं बौद्धिक वृत्तमा ‘ओलिगार्की’ शब्द निकै चर्चामा छ । आफ्नो सुन्दर प्राकृतिक एवं पर्वतीय दृश्यावलीका कारण हरित राज्यका रूपमा चिनिने अमेरिकी राज्य भर्मोन्टका प्रगतिशील एवं लोकतान्त्रिक समाजवादी छविका डेमोक्रयाट सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प नेतृत्वको अहिलेको अमेरिकी सरकारलाई यसै नामबाट आलोचना गरेको ग¥यै छन् । आखिर के हो यो ‘ओलिगार्की’ र डेमोक्रेसी वा … Read more

‘आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता’

लुम्बिनी, फागुन ७- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आमनागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनता नै सार्वभौमसत्तासम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा … Read more

कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटना, तीन नेपालीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेला स्नान गर्न रूपन्देहीको देवदहबाट गएका तीर्थालुहरू चढेको गाडी दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ बाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु चढेको गाडी दुर्घटनामा परेको देवदह नगरपालिकाका प्रमुख ध्रुव खरेलले जानकारी दिए। शनिबार देवदहबाट गएका उनीहरू फर्किन क्रममा सोमबार बिहान … Read more

अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुुपर्छ : प्रधानमन्त्री

दाङ, फागुन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई सहकार्यका साथ नेपाललाई नेपाली आफैँ बनाउनुुपर्नेमा जोड दिनुुभएको छ । लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुुपर्ने बताउनुुभएको हो । “चालिस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो, अहिले … Read more

गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न : कुन नैतिकताले कुर्सीमा बस्नुहुन्छ ?

२९ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न गरेका छन् । ‘ड्युटीमा रहेका प्रहरीलाई अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुको नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि गरेनछ’ गृहमन्त्रीमाथि प्रश्न उठाउँदै मंगलबार खनालले प्रतिनिधि सभाको बैठकमा भने। खनाल त्यही क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् । आफूलाई त्यहाँका धेरै विद्यार्थीले … Read more

सुनको भाउ १ लाख ७० हजार नाघ्यो

काठमाडौं, माघ २९- मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो । यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ … Read more

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट उक्त अध्यादेश जारी भएको शीतल निवासले जनाएको छ। अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ।  अध्यादेशले राष्ट्रिय सहकारी … Read more

विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार … Read more

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष (आव) २०८१-८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ। चार महिनामा … Read more

उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने

काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको छ। आयोगले मंगलबार उम्मेदवारको नामावली सार्बजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्बजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ। आयोगले आज बिहान ९ बजेदेखि अपराहन्न १ बजेसम्म मनोनयन दर्ता गरेका … Read more