चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको … Read more

कटावको ‘माया के हो’ को अफिसियल भिडियो पुष ९ गते सार्वजनिक हुने

चितवनको कटाव दि स्कार्पमेन्टले ‘माया के हो’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक गर्ने भएको छ । ब्याण्डले हिजो (बिहीबार) प्याराडाइज क्याफे बिगबजारमा पत्रकार सम्मेलन गर्दै गीतको अफिसियल म्युजिक भिडियो पुष ९ गते २४ डिसेम्बरमा रिलिज हुने जानकारी दिएको हो । ब्याण्डले एडम्स लाउन्ज बाह्रघरेमा क्रिसमस इभ आयोजना गरेर गीत प्रिमियर गर्न लागेको हो । सोही … Read more

फोहोर केलाएर जीविकोपार्जन गर्ने महिलाको संघर्षकथाः जोखिमभित्रै रोजीरोटी

नेपालको संविधानले फोहोर व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । तर जिम्मा पाएका स्थानीय तहलाई यतिखेर फोहोर व्यवस्थापनमा गर्न चुनौती बनिरहेको छ । यद्यपी यही फोहोरबाट अधिकांशले आफ्नो रोजिरोटी चलाइरहेका छन् । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीस्थित ल्याण्डफिल्ड साइटमा काम गर्ने अधिकांश महिला त्यसकै प्रत्यक्ष उदाहरण हुन् । त्यसमध्यकी एक पात्र हुन झापाको भद्रपुरकी कुमारी परियार … Read more

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

यहाँ गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो । पशु सेवा कार्यालय प्रमुख डा प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका–२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ । रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन । … Read more

देवघाटधाम जेसीको अध्यक्षमा अर्जुन सुवेदी चयन

देवघाटधाम जेसीको पाँचौँ वार्षिक साधारणसभा तथा चौथो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले जेसी अर्जुन सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । कार्यकारिणी उपाध्यक्षमा जेसी स्वस्तिका धिताल र जेसी सुष्मा गुरुङ चयन भएका छन् । उपाध्यक्ष पदमा जेसी अजित कुँवर, जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी तथा जेसी … Read more

सौराहामा होटेलको छतबाट खसेर किशोरीको मृत्यु

चितवनको रत्ननगर नगरपालिका–६ सौराहास्थित एक होटेलमा छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ। गए राती करिब ११ः१० बजे होटल पार्क साइटमा चारतले माथिबाट खसेकी सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए। घुम्न सौराहा आएकी पाख्रिन गम्भीर घाइते भएपछि तत्कालै बकुलहर … Read more

महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताउनुभयो । कोइरालाले भन्नुभयो, “समय कम भयो । महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।” उहाँले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न … Read more

चितवनमा एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । यहाँ रहेका एचआईभी एड्स सङ्क्रमितमध्ये ३५ जनामा यौन रोग देखिएको पाइएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार विगत १० महिनामा गरिएको एक हजार ४० जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यौन रोगी भेटिएको हो । उनीहरूलाई भिरिङ्गी रोग … Read more

चितवनमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ

माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चार÷पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउपर्नेमा माडीका किरण खाती, … Read more

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् । भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले महानगरका कार्यालय नजिकै स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गरिएको बताउँदै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । … Read more