जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

माज सदाकत र अनिकुमार साहको अर्धशतकमा साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । जनकपुरले त्रिवि क्रिकेट मैदानमा मंगलबार चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकाल्यो । जितसँगै जनकपुरले पाँच खेलमा दुई अंक जोडेको छ । पारजित चितवनको समान खेलबाट चार अंक छ । चितवनले प्रस्तुत गरेको १ सय … Read more

चितवनले टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै,दुवैले गरे २ खेलाडी परिवर्तन

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेका हुन्। अघिल्लो खेलबाट चितवन र जनकपुरले समान दुईरदुई खेलाडी परिवर्तन गरेका छन्। चितवनले अमरसिंह राउटेल र सौगात ढकाललाई प्लेइङ ११ मा ल्याएको छ। दिपक बोहोरा … Read more

एनपीएलमा आज चितवन र जनकपुर, पोखरा र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । सोमबार ‘ब्रेक’ दिइएको प्रतियोगितामा आज दुई खेल हुन लागेका हुन्। मंगलबारको पहिलो खेलमा जनकपुर र चितवनले प्रतिस्पर्धा गर्नेछन् । यो खेल बिहान ११ः४५ मा सुरु हुँदैछ । दोस्रो खेलमा पोखरा र कर्णाली अपराह्न ४ बजे भिड्ने छन्। साविक विजेता जनकपुर यो सिजना खाता … Read more

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका मेटा लगायतका सामाजिक सञ्जाल फेरि बन्द गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वसञ्चारमन्त्री समेत रहेका गुरुङले नेपालमा व्यवासाय गर्ने सबैले नेपालको कानुन मान्नुपर्ने बताए । गुरुङ सञ्चारमन्त्री भएको बेलामा नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गरिएको थियो । तर जेनजी आन्दोलनका … Read more

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी साबिक उपविजेता सुदूरपश्चिम रोयल्सको दबदबा कायमै छ । हालसम्म १९ खेल सम्पन्न हुँदा सुदूरपश्चिम मात्रै प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । सुदूरपश्चिम दुई खेल अगावै अपराजित रही पाँच खेल जितेर प्लेअफमा सुरक्षित भएको हो । साबिक … Read more

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन्। पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनल पुगेको आयोजक यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो। उपाधिका लागि सोमबार बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ। मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। यूएईले … Read more

एनपिएलः आज विश्राम, भोलि जनकपुर र चितवन तथा पोखरा र कर्णाली भिड्दै

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् … Read more

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको चितवनको भरतपुर र नवलपुरको गैडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको हो । निर्माणको ठेक्का पाएको तुँदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डको काम सुरु गरेको जनाएको छ । ‘अहिले नारायणी नदीमा पुल निर्माण गर्न नारायणगढ तर्फ पाइलिङको तयारी भइरहेको छ,’ … Read more

रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण भएको घोषणा गरिएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो। दुवै पार्टीबीच एकता गर्न केही दिनअघि सहमति भएको थियो। रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ। दुवै पार्टीबीच … Read more

गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

गोरखा-आँबुखैरेनी–गोरखा सडक खण्डअन्तर्गत गोरखा नगरपालिका-११ बाह्रकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बाह्रकिलो बजारमा रोकिराखेको ना ४ ख १२१९ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए । गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनामा परेको हो । ‘बसको ब्रेक नलागेको र ओट् पनि नराखी ड्राइभर झरेका बेला बस … Read more