‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गएः बिष्कुटको माग उच्च, पाउरोटी बनाउने तयारी

यहाँ उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सीमित नभएर अब बिस्कुट पनि बन्न थालेको छ । माग, उपभोग र खपत बढ्न थालेपछि कोदोखेती गर्ने किसान उत्साहित भएका छन् । अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरको … Read more

मादी पुल निर्माण धमाधमः ७२ प्रतिशत भौतिक प्रगति

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो । यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण थालिएको आयोजना कार्यालयले जनाएको छ । पुलको हालसम्म ७२ प्रतिशत भौतिक प्रगति भएको … Read more

सन्तोष परियारले छाडे रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएको उनले जानकारी दिएका हुन् । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका हुन् । पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए … Read more

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’ सेवा सुरु, के रोबोटले नै सबै शल्यक्रिया गर्छ ?

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो । रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जनहरु डा विशाल आचार्य र डा रोहितकुमार मिश्रको नेतृत्वमा रोबोटिक सर्जरी सुरु गरिएको छ । अस्पतालमा हालसम्म … Read more

एनपीएल दोस्रो संस्करणको खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार तालिका सार्वजनिक गरेको हो । मंसिर १ देखि सुरु हुने खेलको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा राति फ्लडलाइटमा पनि खेलिने छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज अपरान्ह ४ बजे खेल्ने … Read more

नारायणी सिग्नेचर ब्रिज निर्माण सम्झौता भएको २९ महिनामा डिजाइन स्वीकृत, यस्तो छ डिजाइन

निर्माण सम्पन्न हुनुपर्ने समय सकिन करिब डेढ वर्ष मात्रै बाँकी रहँदा नारायणीमा नदीमा बन्ने सिग्नेचर ब्रिजको डिजाइन स्वीकृत भएको छ । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको पुलको डिजाइन नै २९ महिनापछि सडक विभागबाट स्वीकृत भएको हो । ४८ महिना (चार वर्ष)मा निर्माण सम्पन्न गर्नेगरी २०८० वैशाख १९ गते तुँदी कन्स्ट्रक्सनले सिग्नेचर ब्रिजको ठेक्का … Read more

सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ९०० ले बढ्यो

नेपाली बजारमा बिहीबार (कात्तिक २७) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ५० हजार २०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक २६) छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो … Read more

प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपः नेपालको विजयी सुरुवात

नेपालले बुधबार श्रीलङ्कालाई नौ विकेटले हराएर प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। भारतको नयाँ दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रनको स्कोर तयार पारेको थियो । नेपालले ५.२ ओभरमै एक विकेटको क्षतिमा ८८ रन बनाएर लक्ष्य हासिल ग¥यो । नेपालकी मनकेसी चौधरीले … Read more

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु

अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो । कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा … Read more

सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

गुल्मी, कात्तिक २१ – यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पु¥याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो । सोही पत्राचारलाई आधार … Read more