घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो (मंगलबार) नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज (बुधबार) भने घटेको हो । मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा बुधबार एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको हो। सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रूपैयाँमा किनबेच भएको … Read more

एनपिएलको अक्सन यही साउन २४ गते, १५० खेलाडीको अन्तिम सूची घोषणा

घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा आज १५० जना खेलाडीको अन्तिम सूची घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक … Read more

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त

बागमती प्रदेश सरकारको प्रमुखमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रि बनेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका मकवानपुर निवासी बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन् … Read more

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले हाल देशभर अधिकांश बदली रहेको छ । कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी … Read more

नारायणगढ-मुग्लिन सडकः सधैँ ढुङ्गा खस्ने त्रास

नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । पछिल्ला वर्षहरूमा सडक विस्तार, पुल निर्माण र पहिरो रोकथामको काम भएसँगै पहिलेको तुलनामा जोखिम कम हुने भए पनि ढुङ्गा खस्ने समस्या भने रहेको छ … Read more

दाउन्नेमा पहिरो, पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्‍चालन

पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा राजमार्ग केहीबेर अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा पहिरो खसेपछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा सञ्‍चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए । यसअघि दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै दिउँसो पौने १ बजेतिर … Read more

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याइने

सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पुर्याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ । राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त … Read more

स्टार्ट गरेरै छाड्दा भिरबाट खसेको थियो चितवन आउँदै गरेको बस,ढोकाबाट हामफालेका थिए आठ यात्रु

आइतबार दिउँसो आँबुखैरेनीको ऐना पहरामा दुर्घटना भएको बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो । चितवन आउने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्को गाडीमा पठाएर ऐना पहरामै गाडी रोकियो । शहीद लखन गाउँपालिका–६ की सबु थापा मगर र उनका आफन्त सोही बसमा चढेर ऐनापहरा घुम्न आएका थिए । उनीहरूलाई … Read more

गोताखोरको व्यवस्था गर्न माग

जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा गर्न आउने भक्तजनको सुरक्षाको लागि गोताखोर परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । यही साउन ११ गते मोरङका दुई युवा डुबेको घटनाबाट पाठ सिकी गोसाइँकुण्डमा डुङ्गासहित गोताखोर परिचालन गर्नुपर्ने आवाज उठेको हो । रसुवा जिल्लास्थित नागरिक समाजका अगुवासम्मिलित एक टोलीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पुगेर … Read more

चौथोपटक थपियो नारायणगढ-बुटवल सडकको म्याद, २०८३ साउन ७ भित्र निर्माण सक्ने दाबी

निर्माणाधीन बुटवल नारायणगढ सडक खण्डको म्याद फेरि एक वर्ष थप भएको छ । आयोजनाले दिएको जानकारीअनुसार २०८३ साउन ७ गतेसम्मका लागि चौथोपटक म्याद थप भएको हो । अर्थात्, २३ जुलाई २०२६ मा आयोजनाको काम सकिने भएको छ । यही साउन ८ गते आयोजनको म्याद सकिएको थियो । अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति भएको छ । … Read more