पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट … Read more

एनआरएनए क्यानडाको महासचिवमा रमेश भट्टराई, युवामैत्री र पारदर्शी नेतृत्वको प्रतिबद्धता

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि टोरन्टो निवासी समाजसेवी तथा व्यवसायी रमेश भट्टराईले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि सामाजिक सेवा, व्यवसायिक नेतृत्व र संस्थागत विकासमा सक्रिय भट्टराईले ‘कनेक्ट एण्ड मोर्टन एनआरएनए’ अभियानमार्फत नयाँ पुस्ता, पारदर्शिता र डिजिटल युगसँग समन्वय गर्ने खालको एजेन्डा अघि सार्दै उम्मेदवारी दिनु भएको … Read more

‘जलवायु परिवर्तनका असरहरू टार्न युवा र महिलाको सक्रिय सहभागिता आवश्यक’

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले जलवायु परिवर्तन, बाढीपहिरो, महिला सहभागितालगायतका विषयमा आफ्ना धारणाहरु राख्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले सबै राजनीतिक धारहरू अलग भए पनि जनसेवा, राष्ट्रिय हित र एकताको लक्ष्य साझा रहेको बताउँदै सबै मिलेर जाुनपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा बाढीपहिरो र तराईमा … Read more

ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा उहाँले ऊर्जामार्फत बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताउनुभएको हो । मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली … Read more

तीन महिनामा तेइस सय बढी विपद्जन्य घटना

गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्मा परेर अझै २० जना हराइरहेका छन् । कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित … Read more

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध

मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, … Read more

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत जाने भएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु भइसकेको जानकारी दिएको छ। प्रधानमन्त्रीको भारत भ्रमण हुने भन्ने नै थियो। भ्रमण हुने कुरा अगाडि बढिसक्यो। तयारीमा नेपाल सरकार, परराष्ट्रमन्त्रालय लागिसक्यो, स्रोतले भन्यो, मिति र एजेन्डाका विषयमा दुई … Read more

अध्यक्ष ओली भेट्न पूर्वराष्ट्रपति विद्या च्यासल जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएकी छन् । एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर ३ बजे ओलीलाई भेट्ने तय भएको भण्डारी सचिवालयले जानकारी दिएको छ ।

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन समस्त देशवासीमा अनुरोध गर्नुभएको छ । साथै उहाँले मौसमजन्य विपद्बाट जोगिन तथा सजग रहन आह्वान पनि गर्नुभएको छ ।’ “शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक … Read more

चितवनमा वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ … Read more