प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगे देउवा र प्रचण्ड

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि देउवा र दाहाल आइतबार अपराह्न सिंहदरबार पुगेका हुन्। उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ। सिंहदरबार जानुअघि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।  

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन्ः मन्त्री यादव

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। मन्त्री यादवले भने, ‘महिलाहरु कमजोर छैन । किन छैन भने हाम्रो मुलुकको सबैभन्दा महत्वपूर्ण पद, सबैभन्दा ठूलो पोष्ट, राष्ट्रपति महिलाले चलाएको … Read more

चितवनमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

चितवनको राप्ती नगरपालिका–१२ कपता भञ्ज्याङमा बिजुलीको पोल बोकेको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार बेलुका ७ बजे लोथर खोलाबाट राप्ती–१२ बोक्राङतर्फ बिजुलीको पोल बोकी जाँदै गरेको ग १ त ४५८४ नम्बरको ट्याक्टरको पछाडि ढालामा पोल माथि बसेका राप्ती–१२ बोक्राङ बस्ने वर्ष ३९ को रबिन प्रजा अचानक खस्न जाँदा उनको घटनास्थलमा नै मृत्यु … Read more

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्युपछि अवस्था तनावग्रस्त

बाँकेमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्युपछि तनाव उत्पन्न भएको छ। स्थानीयले पानी ट्यांकरमा आगजनी गरेका छन्। प्रहरी चौकी बेतहनीमा समेत ढुंगामुढा हुन थालेको छ। घटनास्थलतर्फ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की आफै लागेका छन्। जिल्लाका निमित्त प्रहरी प्रवक्ता यमबहादुर मल्लका अनुसार बाँकेको डुडुवा गाउँपालिकाको बेतहनी चोकमा आइतबार दिउँसो एउटा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा … Read more

ओली सम्वाद चाहन्छन्, प्रचण्डलाई छैन चासो

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्न खोजिरहेका छन्। तर, प्रचण्डको व्यस्तता र अरुचीका कारण त्यो सम्भव हुन सकिरहेको छैन। शान्ति प्रक्रियाको बाँकी कामबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफलको तयारी भए पनि … Read more

रविले लामिछानेले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन्। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन्। सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ। निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको … Read more

पद्मकन्या क्याम्पसमा स्वतन्त्रको प्यानल नै विजयी

पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबै सिट स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवार विजयी भएका हुन्। निर्वाचन अधिकृत सहप्रा. डा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी … Read more

यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन ‘स्टार्टअप’ ऋण सहायता दिई यस वर्ष कम्तीमा ५०० उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा … Read more

२५ करोड बरामद प्रकरण : रहस्यमय मालिकको सुन र पैसाको जालो फुकाउँदै प्रहरी

नयाँ आइजीपी नियुक्तिको पहिलो रात सोमबार राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरको डलर र युरो बरामद भयो। सिन्धुपाल्चोकका एक ट्रक चालकले फल्स बटन बनाएर रसुवा हुँदै चीन लैजान लागिएको सो रकम उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद गर्‍याे। यो विषयमा अपराध अनुसन्धान कार्यालयले थप … Read more

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’

प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन्। विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ। कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको … Read more