कांग्रेस विशेष महाधिवेशन सुरु

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गर्नुभयो । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटन अघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई ¥याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका … Read more

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

चितवनको सिमलताल नजिकै बस जस्तै सवारीको टुक्रा देखिएको छ । आज (आइतबार) बिहान सिमलतालबाट केही तल तनहुँतर्फ पर्ने नदी किनारमा बालुवामा पुरिएको अवस्थामा गाडीका पाटपुर्जा भेटिएको हो । सिमलतालबाट करिब २ सय मिटर तल पारिततर्फ बस जस्तै कुनै सवारीको टुक्रा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए । २८ असार २०८१ मा सिमलतालस्थित … Read more

ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरीः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ध्वंश, आगजनी र विनाशकारी प्रवृत्ति अन्त्य जरुरी भएको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै ओलीले भनेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोबल बढाऔं । सबैलाई … Read more

थारू समुदायको संस्कृति संङ्टमा परेकामा चिन्ता

राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् । लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उहाँको भनाइ छ … Read more

दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला

उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको … Read more

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का … Read more

निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ … Read more

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि एकीकृत सुुरक्षा योजनाले मार्ग निर्देशन … Read more

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य सम्पन्न भएको आयोगका सहसचिव एवं … Read more

निर्वाचन प्रहरीको भर्ना खुल्यो, एक लाख ३३ हजार ९८० जना माग

सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । भर्नाका लागि यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म … Read more