जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहले गरे विरोध

जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिएकोमा दुई सांसदले विरोध जनाएका छन् । आम जना पार्टीका सांसद प्रभु साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्ती (सीता जयन्ती)मा बिदा नदिएकोमा प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै विरोध जनाएका हुन् । अन्य मुलुकमा जन्मिएकाहरूको जन्मजयन्तीमा बिदा दिने तर राष्ट्रकी विभूतिको जन्म जयन्तीमा बिदा नदिने किन … Read more

आज एकैदिन ५३ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य १ लाख ८४ हजार ६ सय रुपैयाँ … Read more

बाख्रा चराउन गएका बालकको चट्याङ लागेर मृत्यु

कटारी नगरपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ । कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो । सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए । “साँझ बाख्रा आए पनि छोरा नआएपछि बुबा मानबहादुर खोज्न गएका … Read more

सङ्घीय संसद्को दुवै बैठक बस्दैः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ वजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ राख्नहुने कार्यसूची छ … Read more

राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यकः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र शासन प्रणालीलाई पारदर्शी बनाउन सूचनाको हकले व्यापकता पाउँदै आएको बताउनुभएको छ । “राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउँछ, विधिको शासन अवरुद्ध हुन्छ र सरकार तथा सार्वजनिक निकायमा स्वेच्छाचारिता बढ्छ, लोकतन्त्रमा नागरिकलाई सशक्त बनाउन, राज्यको लगानीमाथि उनीहरूको निगरानी बढाउन र … Read more

धनकुटामा बस दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

सुनसरीको धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रु वाहक बस सोमवार बिहान धनकुटा-६ स्थित गोठगाउँमा दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ। यस्तै १३ जना यात्रु घाइते भएका छन्। को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। धनकुटा बजारबाट करिब ३ किलोमिटर नजिक सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको … Read more

सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

भारतको भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनउमा भेटवार्ता भएको छ । मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीबीच देहरादूनमा भेटवार्ता भएको थियो । भेटवार्तामा दुई देशबीचको … Read more

रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट, प्रहरीले थाल्यो अनुसन्धान

रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ । तीन जनाले एक व्यक्तिलाई लडाएर समाउँछन् भने अर्का एक व्यक्तिले पैतलामा … Read more

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटबारे परामर्श गर्नुभएको छ । आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गर्नुभएको हो । त्यस अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी … Read more

प्रतिनिधिसभा बैठकः प्रिसा साह मृत्यु प्रकरणमा छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन

भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ् टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत छात्रा प्रिसा साहको शङ्कास्पद मृत्यु प्रकरणबारे छानबिनका लागि पहल गर्न र विदेशमा रहेका अरू नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको व्यवस्था गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले यस प्रकरणमा के–कसो भएको हो भनेर खोजिनीति गर्न निर्देशन दिनुभयो । “उज्यालो भविष्य … Read more