अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको राससलाई बताउनुभयो । हिरासतमा रहेका नाबालखको … Read more

श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताउनुभएको छ । श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको … Read more

भारतमा मन्दिरको पर्खाल भत्कँदा आठजनाको मृत्यु

दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यको एक मन्दिरमा उत्सव मनाउने क्रममा बुधबार पर्खाल भत्कँदा आठजनाको मृत्यु भएको छ । धेरैजना घाइते छन् । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट लगभग ३९३ किलोमिटर उत्तरपूर्वमा रहेको विशाखापट्टनमको श्री वराहलक्ष्मी नरसिंह स्वामी मन्दिरमा वार्षिक चन्दनोत्सव उत्सवका क्रममा यो घटना भएको हो । अधिकारीहरूका अनुसार, भारी वर्षा र हावाहुरीले संरचनालाई कमजोर बनाउँदा … Read more

रेशम चौधरी पक्राउ परेपछि सरकार छाड्दै नागरिक उन्मुक्ति

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकार छाड्ने भएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो। प्रवक्ता दामोदर पण्डितले नागरिकसँग भने, ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनुपर्ने अनि सरकारमा बसिरहनुपर्ने रु त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौँ। आजै पार्टीले यसबारे निर्णय गर्छ।’ चौधरी बिहीबार (आज) मात्रै … Read more

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे

यहाँ हिउँ चितुवाको आक्रमणबाट दुई गोठका आठ च्याङ्ग्रा मरेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ धार्काजुङ गाउँमा गएको मध्यरातमा हिउँ चितुवाले स्थानीय च्याङ्ग्रा पालक किसानको खोरभित्र पसेर आठ च्याङ्ग्रा मारेको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । च्याङ्ग्रा पालक किसान ङातर गुरुङका ५० मध्ये चार खसी र एक माउ गरी पाँच च्याङ्ग्रा हिउँ चितुवाको … Read more

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनलाई त्यहीँबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पुर्‍याएका हुन् । तर नियन्त्रणको कारण खुलेको छैन ।

सहिदका सपना पूरा गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुग्नुभएका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताउनुभयो । अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी … Read more

गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन सक्दैनः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए । अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र … Read more

जनमत र नाउपाबिच एकता घोषणा आज

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) एकता घोषणा हुँदैछ। डा. सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी संरक्षक रहेको नाउपाबिच विगत दुई वर्षदेखि एकताको प्रयास चलिरहेको थियो। आज दिउँसो ११ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एकीकरण घोषणा गर्ने तयारी छ।

वैशाख शुक्ल तृतीयाः आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ … Read more