सके एक भएर नसके कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौंः कुलमान

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने … Read more

समृद्ध नेपालको गन्तव्य तय हुँदैछ: सञ्चारमन्त्री खरेल

अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले नयाँ दिन नयाँ सुरुवात’ भएको बताएका छन् । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि सञ्चारमन्त्री खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन् । उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना … Read more

जेनजी आन्दोलनपछि आज बालुवाटार जाँदै ओली

जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज ९पुस १२ गते० प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आयोजना गर्ने तीन शीर्ष नेतासँगको छलफलका लागि ओली दिउँसो त्यहाँ पुग्ने भएका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टमार्फत बालुवाटारबाट उद्धार गरेको थियो।

सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उहाँले उक्त कुरा बताउनुभएको हो । मन्त्री खरेलले भन्नुभयो, “सरकार … Read more

डा. मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । डा. परियारलाई आज (शुक्रबार) बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् । परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए ।

बालेनसँग वार्ता सकेर निस्किए रवि

रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । उनीहरूबीच भएको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ ।

सुनसरी ४ बाट नेकपाले गर्‍यो प्रचण्डको नाम सिफारिस

सुनसरी जिल्लाको क्षेत्र न ४ बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गर्नुपर्ने क्षेत्रीय कमिटीमा प्रस्ताव गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको जिल्ला कमिटीले सिफारिस गर्नुपर्ने हुन्छ । क्षेत्रीय कमिटी बैठकमा कुरा उठेको पार्टीका नेता शिव डाँगीले बताए । ‘क्षेत्रको बैठकमा उहाँको नाम लिइएको हो, उम्मेदवारको सिफारिस पार्टीको … Read more

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । प्रमुख पोखरेलका अनुसार … Read more

क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

क्रिकेटर मिनष थापाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते … Read more

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा … Read more