प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको नाममा कार्यक्रम घोषणा

आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेटले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नीको नाममा पनि कार्यक्रम घोषणा गरेको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाण्डाै सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोप्याथी एन्ड यौगिक कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड रुपैयाँ बजेट

सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । छोरीहरूलाई विभिन्न सीप दिन तथा आत्मनिर्भरका लागि यो कार्यक्रम ल्याइएको हो । प्रधानमन्त्री छोरी कार्यक्रमलाई सरकारले १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

शेयर बजार २२ अङ्कले घट्यो, चार अर्ब ४४ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव ३४ विन्दुमा झरेको छ । आज होटल र म्युचुअल फण्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर झण्डै … Read more

मंगलबार दिउँसो १ बजे नै बजेट भाषण

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् । त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२: ४५ … Read more

सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा

सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् । आज काठमाण्डाै उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान … Read more

ताप्लेजुङमा १ सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम शुरु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा १ सय २८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको शिलान्याससँगै अरू काम शुरु भएको छ । संविधान सभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले हिजो संयुक्त रूपमा आयोजनाको शिलान्यास गर्नुभएको हो । अध्यक्ष लिम्बूले आउँदो चार वर्षमा आयोजना पूरा गर्ने लक्ष्यका साथ तीव्र … Read more

नीति लचक बनाएर उत्साह बढाउने केन्द्रीय बैंकको प्रयास

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको … Read more

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। … Read more

सुन-चाँदीको भाउ बढेको बढ्यै, एक हप्तामै सुनको भाउ ३ हजार ४ सय रुपैयाँ महँगियो

काठमाडौं:  विश्व बजारसँगै नेपालमा पनि सुन र चाँदीको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । यो हप्ता मात्रै सुनको भाउ प्रतितोला तीन हजार चार सय रुपैयाँ महँगिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजार खुलेपछि सुनको मूल्य दुई हजार तीन सय ५० डलर प्रतिऔँस कायम भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको मूल्य दुई हजार चार सय … Read more

पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब … Read more