सन्दीप भन्छन्– मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको बताएका हुन्। उनले लेखेका छन्– ‘इमानदारितापूर्वक, मेरो सपना पूरा नभए पनि के कुरामा खुसी छु भने देशको सपना पूरा भएको छ।’ … Read more

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदै

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट प्रतियोगिता आज हुँदैछ । खेल राति पौने १ बजे वेस्ट इन्डिजको किंग्स्टनमा शुरु हुनेछ । तीन खेलको शृङ्खला वेस्ट इन्डिजले यसअघि नै जितिसकेको छ । दक्षिण अफ्रिका आज सान्त्वना जितको खोजीमा छ । वेस्ट इन्डिज जितेमा भने शृङखला क्लिन स्वीप गर्नेछ ।

म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

काठमाडौं। म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको एफए कपको उपाधि जितेको हो। म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचो र कोबी माइनूले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर सिटीका लागि एक गोल जेरेमी डोकुले गरेका थिए। म्यानचेस्टर … Read more

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपर प्रशिक्षकमा तिमिल्सिना नियुक्त

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज घिमिरेलाई राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो । यस्तै एन्फाले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा मनिष तिमिल्सिनालाई नियुक्त गरेको छ । नियुक्त भएका दुवै जनाले आजै सम्झौता पत्र बुझेका छन् । यसअघि नेपाली टोलीको सहायक … Read more

आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्स हैदराबाद खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरु हुनेछ । राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । पहिलो क्वालिफायरको विजेता … Read more

सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा

सुदूरपश्चिम प्रदेश ‘ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट’ प्रतियोगिताको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बाग्मती प्रदेशलाई १ सय ९ रनले हराउँदै सुदूरपश्चिम उपाधि नजिकै पुगेको हो । सुदूरपश्चिमले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको बाग्मती १६ ओभर १ बलमा ४८ रनमै अल आउट भयो । … Read more

मेयर कप फुटबलको फाइनलमा काठमाण्डौ र चन्द्रागिरि खेल्ने

काठमाण्डौ महानगरपालिका ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल’ प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुरको च्यासल मैदानमा भएको सेमिफाइनल खेलमा मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराउँदै काठमाण्डौ महानगरको उपाधि नजिकै पुगेको हो । अब काठमाण्डौ महानगरले उपाधिका लागि चन्द्रागिरि नगरपालिकासँग खेल्नेछ । अर्काे सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरि फाइनलमा पुगेको हो । फाइनल खेल भाेलि हुनेछ … Read more

सन्दीपको प्रतिक्रिया– म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए। ‘सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार … Read more

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं। उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही … Read more

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो। नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ … Read more