क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं। उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही … Read more

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो। नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ … Read more

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं। नेपालले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह … Read more

नेपालको वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित

काठमाडौं। नेपालले वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले … Read more

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन्। ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपरान्ह ४: १५ बजेदेखि शुरु हुने छ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो। … Read more

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको अन्तिम खेल आज

काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको अन्तिम खेल आज हुँदैछ। टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुँदैछ। यस सिरिजमा नेपाल ए ले शुरुका दुवै खेलमा हार बेहोरेको र आयरल्याण्ड वोल्भ्सले सिरिज २-० ले जितिसकेको छ। नेपाल ए ले सिरिजमा सान्त्वना जितका लागि खेल्ने छ। नेपाल ए पहिलो खेलमा २१ … Read more

भरतपुरमा चैत २५ गतेदेखि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

भरतपुर: चितवनको भरतपुरमा यही चैत २५ गतेदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउने उद्देश्यका प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । भरतपुरका विभिन्न स्थानमा खेल खेलाइने खेलकुद विकास परिषद्का सदस्य … Read more

इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको उपाधि भारतको कोलकातालाई

चितवन: चितवनको भरतपुरमा सम्पन्न इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय टोलि तालतला इन्स्टिटाइट कोलकाताले जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा मधेस प्रदेशमाथी ३ रनको रोमाञ्चक जित हातपार्दै कोलकाताले उपाधी जितेको हो । कोलकाताले जितका लागि दिएको १८९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ८ विकेटको क्षतीमा १८५ … Read more

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिगाहाले जित्यो

चितवन:  सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि सेन्ट्रल कलेज २८ बिघाले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा आबुखैरेनीलाई हराउँदै सेन्ट्रल कलेज २८ बिघा च्याम्पियन बनेको हो । फाइनलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोल अन्तरले हरायो । २८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । २८ बिघाले खेलको ५३ औं मिनेटमा … Read more

भरतपुरमा इण्डो नेपाल टी–२० च्याम्पियनसीप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी

चितवन । चितवनको भरतपुरमा आज (बिहीबार)देखि इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता सुरु सुरु भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैद्यानमा सुरु भएको प्रतियोगिताको समुद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गरिन् । सो क्रममा बोल्दै प्रमुख दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरा काम द्रुत गतिमा निर्माण हुने बताइन् । उनले आगामि सन् २०२७ मा … Read more