माइतीघरमा निकालियो अर्धनग्न जुलुस, तस्बिरहरू

काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै शनिबार माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका हुन् । करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत … Read more

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुनुहोस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका बेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन्।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको शनिबार उद्‌घाटन गर्दै एमाले अध्यक्ष … Read more

भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो। नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।स्थानीयले … Read more

सरकारद्वारा ६५ लाखसहित पदक विजेता पलेसालाई सम्मान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन्। मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ लाख पुरस्कार राशिमा कर नकटाइ पुरस्कृत गरिएको हो। यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र … Read more

सर्वसाधारणका लागि धरहरा खुला गरिँदै

काठमाडौँ । भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ देखि अस्थायी रुपमा धरहरा खुला गर्ने निर्णय गरेको हो। २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले ढलाएको धरहरा आधुनिक, सुविधायुक्त र बलियो बनाइएको । अबको धरहरा अपांगता भएकाहरूले पनि चढ्न र हेर्न सजिलो छ। … Read more

सुरक्षा परिषद्को प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुनेछः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समग्र सुरक्षा चुनौती तथा सम्बोधन गर्नुपर्ने प्रमुख विषयलाई समेटी तयार भएको राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन महत्वपूर्ण दस्तावेजका रुपमा रहेको बताएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै उनले प्रतिवेदनमा औंल्याइएका विषय कार्यान्वयन गर्न सम्बन्धित सबै निकाय र पदाधिकारीले पूर्णप्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे। … Read more

ओलीलाई बालेनको कटाक्षः उहिल्यै मरिन् सासु, अहिले आए आँसु!

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले ५ वर्ष अघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्रीसहितका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडिग कस्नुले ‘उहिलै … Read more

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस गरेका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९/०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे … Read more

सहकारी प्रकरणमा धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्छ: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानविन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका बिषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने बताएका हुन्। गुरुङ आफैले सदनमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको … Read more

डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी। गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्। संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए। डेंगु संक्रमणपछि … Read more